spot_img
Friday, September 6, 2024
Homeब्यानरमेलमिलापमा राजनितिक गन्ध हुनु हुदैनः नगर स्तरीय सामुदायिक मेलमिलाप केन्द्र संयोजक...

मेलमिलापमा राजनितिक गन्ध हुनु हुदैनः नगर स्तरीय सामुदायिक मेलमिलाप केन्द्र संयोजक वर्मा

spot_img


बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका नगर स्तरीय सामुदायिक मेलमिलाप केन्द्रका संयोजक शिव कुमार वर्माले मेलमिलापमा राजनितिक गन्ध नसुहाउने बताएका छन । संयोजक वर्माले मेलमिलाप भनेको दुवै पक्षको जीत जितको अवस्थामा पु¥याउनु भएको हुदाँ यसमा राजनिति मुकुण्डो लगाएर मेलमिलाप गराउन नहुने बताएका हुन । संयोजक वर्माले पछिल्लो समय नेपालगंज उपमहानगरपालिका भित्र २३ ओटै वडाहरुमा वडा स्तरीय मेलमिलाप समितिको संयोजक चयन तथा मेलमिलाप समितिको कार्यालय तिव्र रुपमा अगाडि बढेको पनि बताएका छन । उनले मेलमिलाप केन्द्र भनेको समस्यामा परेकाहरुको मिलन सहितको समाधान भएको हुदाँ मेलमिलाप गर्दा सबै कुरा विर्सेर एउटा निस्पक्ष ढंगले मेलमिलापका सबै प्रक्रियाहरु प्रयोग गरी समस्या समाधान गर्नु पर्ने बताए ।संयोजक वर्माका अनुसार यो समाचार तयार पारुञ्जेल सम्म नेपालगंज उपमहानगरापालिकाका २३ ओटा वडाहरु मध्ये १२ नम्बर वडामा सुरुमा वडा स्तरीय सामुदायिक मेलमिलाप केन्द्रको स्थापना गरीएको थियो । अहिले सम्म वडा नं.२०,८,१० ,१४,२,१३ लगायतका वडाहरुमा मेलमिलाप केन्द्रको स्थापना गरी सकेका छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here