spot_img
Saturday, July 27, 2024
Homeब्यानरमृत अवस्थामा फेला

मृत अवस्थामा फेला

spot_img

ईलाम-ईलाम जिल्ला माङसेबुङ गाउँपालिका-६ चिसापानी बस्ने ६८ वर्षीय सिद्दिमान राई घर नजिकै बाटोबाट करिब २ सय मिटर मुनी बिहीबार मृत अवस्थामा फेला परेका छन् ।यसैगरी मनाङ जिल्ला नासों गाउँपालिका-९ दानक्युस्थित सडकबाट ५० मिटर तल भिरमा सोही गाउँपालिका-८ ताचै बस्ने ६५ वर्षीय रतन घले बिहीबार मृत अवस्थामा फेला परेका छन् ।यसैगरी कैलाली जिल्ला गोदावरी नगरपालिका-२ अत्तरीया पहाड रोडस्थित होटलको कोठामा अछाम वतन भएका ५५ वर्षीय दीर्ख कठायत बिहीबार मृत अवस्थामा फेला परेका छन् ।यसैगरी बर्दिया जिल्ला गुलरिया नगरपालिका-३ बस्ने २२ वर्षीय सुन्दर रैदास आएको भे.१ ख ३७०८ नम्बरको बसको सिटमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । काठमाडौंबाट बर्दियाको लागि आउँदै गरेको उक्त बस गुलरिया नगरपालिका-५ मतङ्गा चोकमा पुगेर यात्रु झार्ने क्रममा उनलाई मृत फेला पारिएको हो ।यसैगरी पाल्पा जिल्ला रैनादेबी छहरा गाउँपालिका-२ दिग बस्ने ५८ वर्षीय नर बहादुर राना सोही गाउँपालिका आरीमगैरास्थित कच्ची बाटो मुनी रुखको फेदमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । गत शनिबार स्याङ्जास्थित दिदीको घरबाट आफ्नो घर फर्किएका उनी घरमा नपुगी हराएपछि खोजी गर्नेक्रममा उक्त स्थानमा उनको शव फेला परेको हो ।यसैगरी झापा जिल्ला कन्काई नगरपालिका-४ स्थित कोटिहोम संस्थाको आश्रममा बस्दै आएकी यकिन नाम, थर, वतन नखुलेकी करिब ६५ वर्षीया महिला सोही संस्थामा बुधबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here