पश्चिम नेपालको जेठो क्याम्पसको रुपमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा प्रोजेक्ट मिट कार्यक्रम सम्पन्न भएको छ । शिक्षाशास्त्र संकाय अन्तर्गत स्नातकतह तेस्रो वर्षमा स्वास्थ्य तथा शारीरिक शिक्षालाई मुल विषय बनाई अध्ययनरत विद्यार्थीहरुको विषयको प्रोजेक्ट मिट कार्यक्रम शुक्रबार सम्पन्न भएको हो । प्रोजेक्ट मिट कार्यक्रम अन्तरर्गत माध्यमिक विद्यालय स्तरिय खेलकुद प्रतियोगिता समेत संचालन गरीएको शिक्षाशास्त्र संकाय प्रमुख प्राध्यापक महेशदत्त भट्ट बताए । महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजमा क्याम्पस प्रमुख डा.लालमणी आर्चायले प्रमुख आतिथ्यमा सम्पन्न भएको उद्घाटन सत्रको अध्यक्ष शिक्षाशास्त्र संकाय विएड तेस्रो वर्षमा अध्ययनरत छात्र दिपेन्द्र केसी रहेका थिए ।उद्घाटन सत्रमा बोल्दै क्याम्पस प्रमुख डा.आर्चायले क्याम्पसमा गुणस्तरीय शिक्षासगै खेलकुद तथा शारीरिक शिक्षामा समेत ध्यान दिनु पर्ने बताए ।प्रमुख डा.आचार्यले विद्यार्थीहरुलाई आवश्यक पर्ने शिक्षण सिकाईका सामाग्रीहरु क्याम्पसले प्रदान गर्ने भएको हुदाँ त्यसको भरपुर उपयोग गर्नु पर्ने बताए । यसैगरी प्रोजेक्ट मिट गर्नु पर्ने कारणका विषय शिक्षिका सुनिता शर्माले प्रकाश पारेको कार्यक्रममा व्यवस्थापन संकायका सुभाष गौतम,स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पसका सभापति माधव खत्री लगायतले शुभकामना मन्तव्य राखेको थिए । कार्यक्रममा क्याम्पसका पुर्व क्याम्पस प्रमुख अर्जुन प्रसाद पोख्ेरल,मनविकी संकाय संयोजकका भुवनेश्वर लामिछाने,विसिएका संयोजक कोषराज रेग्मी,शिक्षक मधु पौडेल,निर्मला शाह,सरीता खनाल लगायतको उपस्थिति रहेको थियो । विद्यार्थीहरुले विभिन्न सास्कृतिक नृत्य सगै खेलकुदमा सटफुट र लङजम्प खेलेका थिए । उद्घाटन सत्रको स्वागत मन्तव्य विमला घर्तीमगरले गरेको कार्यक्रमको सहजीकरण छात्रा गौरी रिजालले गरेकी थिइन ।
