spot_img
Saturday, July 27, 2024
Homeब्यानरमध्यपुर ठिमिका ४५६ घरपरिवारलाई लालपूर्जा वितरण

मध्यपुर ठिमिका ४५६ घरपरिवारलाई लालपूर्जा वितरण

spot_img

काठमाडौ,भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भक्तपुरको मध्यपुर ठिमि नगरपालिको गाउँब्लकमा रहेका भूमि विहिनहरुलाई आज जग्गा धनी दर्ता प्रमाण पूूर्जा (लालपूर्जा) वितरण गरेकी छन ।मध्यपुर ठिमि नगरपालिका वडा नंम्बर ६ र ७ तथा साविकको वडा नं। ६ र ८ को गाउँब्लकमा रहेका भूमिविहिनहरुलाई लालपूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षसम्ममा गाउँब्लकमा रहेका सबै भूमिहिनलाई लालपूर्जा वितरण गरिसक्ने गरी काम अगाडी बढाइएको जानकारी दिईन ।मध्यपुर ठिमि नगरपालिकाको गाउब्लकमा रहेका ४५६ घरपरिवारलाई लालपूर्जा वितरण गरिएको छ ।मन्त्री श्रेष्ठले संविधानमा भएको नागरिकको हक कार्यान्वयनलाई अहिलेको सरकारले पहिलो प्राथमिकतामा राखेको भन्दै जनताको काम गर्न स्थानीय तहका जनप्रतिनिधि र मातहतका कर्मचारीलाई इमान्दार भएर लाग्न आग्रह गरीन ।
उपत्यका र विशेष गरी भक्तपुरमा रहेका स्वबासी र बेनिस्साको समस्या समाधान गर्न प्रक्रिया शुरु गरिसकेको भन्दै मन्त्री श्रेष्ठले मुक्त कमैया, कमलरी, हरुवा र चरुवाको समस्या समाधान गर्न अध्ययन समिति बनाएर अध्ययन गर्ने काम भइरहेको र प्रतिवेदनले दिने सुझाव अुनसार काम अघि बढ्न आफू प्रतिबद्ध रहेको उल्लेख गरीन ।मन्त्री श्रेष्ठले संविधानमा भएको रोजगारीको हकको कार्यान्वयनका लागि शहिद, वेपत्ता परिवारका छोराछोरी, हरुवा चरवा र वादी समुदायका युवा तथा उनीहरुका सन्तानलाई विशेष नापीको तालिम केही समयमा नै शुरु गरिने पनि बताईन ।
मन्त्री श्रेष्ठले यसअघि महोत्तरीको रामगोपालपुर, सप्तरी, धनुुषा, सुनसरी र चितवन र काठमाडौंको किर्तिपुर नगरपालिकाको गाउँब्लकमा रहेका भूूमिहिनहरुलाई लालपूर्जा वितरण गरीसकेकी छन ।
मन्त्री श्रेष्ठले मन्त्रालय संहालेपछि हालसम्म देशभरको गाउँब्लकमा रहेका १५ हजार घरपरिवारलाई लालपूर्जा वितरण गरि सकिएको छ । २०२१ साल यता जग्गाको नापी हुँदा गाउँब्लकका रुपमा राखिएका र विभिन्न समयमा जग्गा नापी भएर पनि लालपूर्जा विहिन बनिरहेकाहरुलाई लालपुर्जा वितरण अभियान तिब्र पारिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here