बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं बुढानिलकण्ठ नगरपालिका-७ बस्ने बाजुरा बुढीनन्दा नगरपालिका–१ ठेगाना भएका ४४ वर्षीय बिष्णु बहादुर कार्कीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७७ माघ ६ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ दिन कैद र २७ लाख रुपैयाँ जरिवाना, जिल्ला अदालत काठमाडौंको २०६० पुस १० गतेको फैसलाले बैदेशिक रोजगार मुद्दामा ३ वर्ष कैद र २ लाख ५० हजार रुपैयाँ जरिवाना, बैकिङ कसूर मुद्दामा १ वर्ष कैद र १ लाख ६९ हजार रुपैयाँ जरिवाना र बैंकिङ कसूर मुद्दामा १ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं बुढानिलकण्ठबाट पक्राउ गरेको हो । साथै उनले बिभिन्न ब्यक्तिहरुलाई एयरलाईन्समा पाईलटको जागिर लगाईदिन्छु, डिमाण्ड ड्राफ्ट बनाई दिन्छु लगायतका बहानामा ठगी समेत गरेको अनुसन्धानबाट खुल्न आएको छ ।उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।