spot_img
Saturday, July 27, 2024
Homeब्यानरबिहेको दिन बेहुलीले बच्चा जन्माएपछि….!

बिहेको दिन बेहुलीले बच्चा जन्माएपछि….!

spot_img

स्कटल्याण्डकी रेबेका म्याकमिलन र उनको प्रेमी निक चीथमबीचको बिहे समारोहका लागि करिब २०० पाहुनाहरू उपस्थित भएका थिए । तर निक र रेबेकाबीच बिहे भएको नदेखिकनै उनीहरू आआफ्नो घर फर्किनुपर्‍यो ।
बिहेको दिन एउटा अनौठो घटना भयो जुन पाहुनाहरूले कल्पना पनि गरेका थिएनन् होला सायद । वास्तवमा बेहुली रेबेका गर्भवती थिइन् र एक महिनापछि उनले बच्चा जन्माउने मिति थियो ।
तर बिहेको केही घण्टा अगाडि नै रेबेकालाई सुत्केरी व्यथा सुरु भयो । जसका कारण पाहुनाहरू उपस्थित भएपछि अन्तिम समयमा बिहे नै रद्द गर्नुपर्‍यो ।
आफ्नो बिहेको दिन बच्चा जन्माएको घटना आफ्नो जीवनको महत्वपूर्ण तथा विशेष स्मरणीय घटना भएको बेहुली रेबेका बताउँछिन् ।
रेबेका र निक पछिल्लो पाँच वर्षदेखि प्रेम सम्बन्धमा थिए । त्यसक्रममा रेबेका गर्भवती भएकी थिइन् । आगामी जून २० मा बच्चा जन्मिने मिति डाक्टरले उनलाई दिएका थिए । तर त्योभन्दा एक महिना अगाडि नै उनको बच्चा जन्मियो ।
द मिररका अनुसार बिहेको दिन बेहुलीले बच्चा जन्माएर बिहे समारोहनै रद्द गर्नुपर्दा झण्डै २० लाख रुपैयाँ बराबरको रकम नोक्सान भयो । रेबेकाले आफ्नो बिहेको दिन जन्माएको छोराको नाम इयान विलियम चीथम राखिएको छ ।
एजेन्सी

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here