spot_img
Saturday, July 27, 2024
Homeब्यानरबाढी पहिरोका कारण मृत्यु तथा सडक अवरोध

बाढी पहिरोका कारण मृत्यु तथा सडक अवरोध

spot_img

धादिङ जिल्ला बेनिघाटरोराङ गाउँपालिका–१० तिग्राङखानीस्थित सडकमा बुधबार साँझ ढुङगा सहितको सुख्खा पहिरो खसेर प्र.३(०३(००१ ज ००३३ नम्बरको गाडीमा लाग्दा गाडीमा सवार चितवन ईच्छाकानमा गाउँपालिका(४ बस्ने २० वर्षीय सिद्धान्त थापाको मृत्यु भएको छ । गाडीमा पहिरो खस्दा गम्भीर घाइते भएका उनको स्थानीय मलेखु राजमार्ग अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी कालिकोट जिल्ला अबिरल वर्षाको कारण बुधबार बेलुका खाँडचक्र नगरपालिका–२ स्थित सिमलधारा खोलामा आएको बाढीमा डुबेर सोही ठाउँ बस्ने ४५ वर्षीय खड्क बिकको मृत्यु भएको छ । खोला तर्ने क्रममा बिक र उनकै श्रीमतीलाई बगाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कालिकोटबाट खटिएको प्रहरीले बिककी श्रीमतीलाई घाइते अवस्था उद्दार गरी उपचारको लागि जिल्ला अस्पताल मान्म पठाएको छ । बेपत्ता भएको बिकको खोजी गर्ने क्रममा शव फेला परेको हो । यस्तै पाँचथर जिल्ला मिक्लाजुङ गाउँपालिका–७ लिम्बा खोलास्थित राँके रवि भेडेटार भित्री सडकमा माथिबाट पहिरो झरी रविदेखि धनकुटा बुधबारे जाने बाटो बुधबार पूर्णरूपमा अवरोध भएको छ । ईलाका प्रहरी कार्यालय खान्द्रुङबाट खटिएको प्रहरीले स्थानीयसँग समन्वय गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । यसैगरी रूकुम (पूर्व), सिस्ने गाउँपालिका–६ रानीकोट, सोही गाउँपालिका–७ र ८ चिसापानी, कौछेको भिर धाउन्ने सोलावाङ सडकको ठाउँ ठाउँमा बिहीबार बिहान पहिरो जाँदा सडक अवरोध भएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले अवरोध सडका खुलाउन आवश्यक पहल गरिरहेको छ । पहिरो गएका स्थानमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here