spot_img
Saturday, July 27, 2024
Homeब्यानरबाढी कृत्रिम घटना अभ्यासमा बाँके सिधनिया घाटमा सम्पन्न

बाढी कृत्रिम घटना अभ्यासमा बाँके सिधनिया घाटमा सम्पन्न

spot_img

जिल्लामा बाढी विपद्को पूर्वतयारी गर्ने क्रममा प्रदेशस्तरीय कृत्रिम घटना अभ्यास सोमवार बाँकेको सिधिनिया घाट स्थितराप्तीनदीमा सम्पन्न भएको छ ।आन्तरिक मामिला तथा संचार मन्त्रालय लुम्बिनी प्रदेश र जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको आयोजनामा र नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल रेडक्रस सोसाइटी तथा आएएमओको प्राविधिक सहयोगमा उक्त अभ्यास गरिएको हो ।बाँकेको राप्ती नदीमा बाढीको कृत्रिम घटना अभ्यास गरिएको छ ।
बाढीमा फसेका व्यक्तिको वर बोट, मोटर बोट, गोताखोरको प्रयोगबाट खोज तथा उद्दार, वेपत्ताको खोजी, घाइतेको प्राथमिक उपचार विधिलाई अभ्यासमा देखाइएको थियो ।
लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको आयोजना तथा जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र रेडक्रस जनशक्तिको सहभागिता तथा आइएमओको प्राविधिक सहयोगमा राप्ती नदीको सिधनिया घाटमा सोमबार कृत्रिम घटना अभ्यास गरिएको हो ।
लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलक शर्माले प्रदेश, जिल्ला तथा स्थानीय तहको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको कार्यान्वयन, खोज तथा उद्दारमा प्रयोग हुने साधन स्रोत र जनशक्तिको व्यवस्थापन तथा विपद्का काम गर्ने सबै सरोकारवालासँगको समन्वय तथा सहकार्यलाई प्रभावकारी बनाउन कार्यक्रमको आयोजना गरिएको बताए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य कृष्णा केसी, नेपाली सेनाका उपरथी उत्तमकुमार विष्ट, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग्विजय सुवेदी, जिल्ला समन्वय उप–प्रमुख सीता कार्की, डुडुवा गाँउपालिका उपाध्यक्ष साहिदा बानु, जिल्लाका सुरक्षा प्रमुखहरु ,गृह तथा संघीय मामिला तथा सामान्य मन्त्रालयका प्रतिनिधि, विषयगत कार्यालयका प्रमुख, रेडक्रस बाँकेका पदाधिकारीको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here