बाँके होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ अध्यक्ष उमा ग्राण्डन बाँके नेपाली कांगे्रस क्षेत्र नं.२ को क्षेत्रिय कार्यसमिति सदस्य खुल्ला महिला तर्फ निर्विरोध निर्वाचित भएकी छन । लामो समय देखि होटल व्यवसायी तथा समाजिक सेवाका विभिन्न भुमिकामा रहदै आएकी ग्राण्डन नेपाली कांग्रेसमा क्षमतावान महिलाको रुपमा चिनिदै आएको बताइएको छ ।अध्यक्ष ग्राण्डनसंगैनिर्विरोध निर्वाचित हुनेमा केन्द्रिय महाधिवेशन प्रतिनिधिमा थारु तर्फ गीता चौधरी,क्षेत्रिय सदस्य खस आर्य तर्फ त्रिलोकी गिरी,सदस्य आदिवासी रामु थापा मगर,सदस्य मधेशी तर्फ रितेश कुमार शर्मा राई,सदस्यमा कमाना थारु,कार्यसमिति दलितमा देव बहादुर सुनार ,प्रदेश–२ ख मा नर बहादुर विष्ट रहेको निर्वाचन परिचालन समितिले जानकारी दिएको छ ।
![](https://madhurkhabar.com/wp-content/uploads/2021/11/260702392_188868386781308_2167590714011040413_n-1-1024x576.jpg)