spot_img
Thursday, October 3, 2024
Homeब्यानरबाँके प्रहरीद्धारा गाईको मासु सहित तीन पक्राउ

बाँके प्रहरीद्धारा गाईको मासु सहित तीन पक्राउ

spot_img

बाँके–जिल्ला प्रहरी बाँकेद्धारा गाईको मासु सहित तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनैलीको टोलीले खजुराको चमकदारपुरबाट ४० किलो गाईको मासु सहित सलमा साई,आलम साई,र कलिमुन साईलाई पक्राउ गरको हो । गाई काट्ने कार्यक्रमा संलग्न दुई भने फरार रहेका छन । बाँके जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेका अनुसार ४० किलो गाईको मासु सहित तीन जनालाई प्रक्राउ गरएिको र दुई जना फरार रहेका जानकारी दिएका छन ।
फौजदारी संहिताको २०७४ को परिच्छेद २७ अनुसार कारबाही हुने प्रावधान छ । उक्त परिच्छेदमा गाई–गोरू मार्न वा कुट्न नहुने व्यवस्था गरेको छ । यदी कसैले गाई–गोरू मार्ने गरेमा वा कुनै नियतले चोट पु¥याउने काम गरेमा त्यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र अंगभंग पारेमा ६ महिनासम्म कैदको व्यवस्था छ । गाई–गोरुलाई चोट पु¥याएमा रु५० हजारसम्म जरिवाना र हत्या गरेमा कैद सजाय र जरिवाना दुवै सजाय हुनसक्ने व्यवस्था छ । कानूनले गौ हत्या वर्जित गरिरहँदा पनि बाँकेमा निर्धक्क गाई–गोरु काटेर खाने गरेकाछन् । अझ यहाँबाट काटिएका गाई–गोरुको मासु पोखरा, काठमाण्डौ लगायतका विभिन्न होटलहरुमा समेत विक्रि गरिदै आएको यसअघिको प्रहरी अनुसन्धानबाट तथ्य बाहिरको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here