spot_img
Saturday, May 17, 2025
Homeब्यानरबाँके क्षेत्र नं.२ बाट उम्मेदवारी घोषणा गरिसकेका खनाल र रौनियारले थाले चुनावी...

बाँके क्षेत्र नं.२ बाट उम्मेदवारी घोषणा गरिसकेका खनाल र रौनियारले थाले चुनावी अभियान

spot_img

सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन देशैभरि एकै चरणमा गर्ने घोषणा गरिसकेको अवस्थामा बाँकेमा राजनैतिक दल तथा स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा संगै चुनावी अभियान सुरु गरि सकेका छन् ।
यस्तैमा बाँके क्षेत्र नम्बर २ बाट स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरिसकेका दिवाकर खनाल र बाँके क्षेत्र नम्बर २ (क) प्रदेश सभा सदस्यमा उम्मेदवारी घोषणा गरेका राजकुमार रौनियारले मंगलबारबाट चुनावी अभियान सुरु गरेका छन् ।
खनाल र रौनियारले आफ्ना समर्थक र नेपाल शिव सेनाका केन्द्रिय तथा जिल्लाका अगुवा नेताहरुको उपस्थितिमा हनुमान चालिसा पाठ गरेर बिधिवत रुपमा आफ्नो चुनावी अभियानको सुरुवात गरेका हुन् ।नेपालगञ्ज त्रिभुवन चोक स्थिति हनुमान मन्दिरमा उपस्तिथि उम्मेदवारद्वय खनाल र रौनियारले संयुक्त हनुमान चालिसा पाठ गरेर आफ्नो चुनावी अभियान बिधिवत रुपमा थालेका बताएका छन् ।नेपाल शिव सेनाको नेपालगञ्ज नगर अध्यक्ष सुनिल केसिको नेतृत्वमा हनुमान चालिसा पाठ गरेर बिधिवत रुपमा चुनावी अभियान सुरुवात गरिएको थियो भने नेपाल शिव सेनाका केन्द्रिय उपाध्यक्ष किशोर लामा, महासचिव मंगल जिएम, सचिव शेर बहादुर शाही केन्द्रीय सदस्य राजेश कुमार यादव र बाँके जिल्ला अध्यक्ष मदन राज शर्मा लगायतको उपस्थिति रहेको थियो ।बाँके क्षेत्र नम्बर २ बाट उम्मेदवारी घोषणा गरेका दिवाकर खनालले पत्रकार संग कुरा गर्दै निर्वाचनको परिणाम आफ्नो पक्षमा हुने जिकिर गरेका थिए ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here