spot_img
Tuesday, October 22, 2024
Homeब्यानरबाँकेमा १६ वर्षिय युवतीको अपहरणपछि बलत्कारको आरोपमा दुई पक्राउ

बाँकेमा १६ वर्षिय युवतीको अपहरणपछि बलत्कारको आरोपमा दुई पक्राउ

spot_img

बाँकेमा एक युवतीलाई अपरहण पछि बलात्कार गरेको अभियोगमा दुई जनालाई प्रहरीले हिरासतमा लिएको छ । पक्राउ परेका दुई जना माथि युवतीलाई कुटपिट गरेर जबरजस्ती करणी गरेको आरोप छ ।
शुक्रबार साँझ करिब ५ः०० बजेको समयमा नेपालगञ्ज उप–महानगरपालिका वडा नं.१२ बेलासपुरका १७ वर्षिय आबिद खान, १५ वर्षिय सुरज बर्मा, नेपालगञ्ज १८ का १७ वर्षिय कृष्ण सिंह ठाकुर र नन्दनीमिल चोक की १६ वर्षिय युवती खजुरा गाउँपालिका सि–गाउँ स्थित पुलचोक नजिक फोटो खिचाउन गएका थिए ।फोटो खिचाई रहेको अवस्थामा खजुरा गाउँपालिका वडा नं. १ सैनिकका १८ वर्षिय हरिश सुनार, खजुरा १ चन्द्रनगर बस्ने करिब १७ वर्षिय सुशान्त सुनार, १८ वर्षिय सुमित गाहा मगर, २० वर्षिय नबिन थापा र बहादुरपुर बस्ने २४ वर्षिय नेप्टे भन्ने व्यक्ति दुई वटा मोटरसाईकलमा आएर कुटपिट गरी क्यामरा तोडफोड गरेका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता मधुसुदन न्यौपानेले बताए ।प्रवक्ता न्यौपानेका अनुसार पिडित संग गएका केटाहरूलाई भगाएर ती युवतीलाई हरिश सुनारले भे १० प ८६३ नं. मोटरसाईकलमा बसालेर लगेका थिए ।उक्त खबर प्राप्त भए पश्चात जिल्ला प्रहरी कार्यालय बाँकेबाटप्रवक्ता न्यौपाने समेतको प्रहरी टोली घटनास्थल पुगेको थियो ।हरिश सुनारको घरबाट हरिश सुनारलाई पक्राउ गरेर ती युवतीलाई समेत हरिशकै घरकोठाबाट उद्दार गरेको प्रहरीले जनाएको छ ।
पिडित संग सोधपुछ गर्दा हरिश सुनारले नाम थाहा नभएको जंगलमा र आफ्नो घर कोठामा उनलार्ई दुई पटक जबरजस्ती करणी गरेको बताएकी प्रहरीले जनाएको छ ।अन्य सुशान्त सुनार, सुमित गाहामगर, नबिन थापा र नेप्टे भन्ने व्यक्तिको खोजतलाश तथा घटना सम्बन्धाम थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here