spot_img
Saturday, July 27, 2024
Homeब्यानरबाँकेमा यस वर्ष मनसूनबाट १० हजार परिवार प्रभावित हुन सक्ने आकलन

बाँकेमा यस वर्ष मनसूनबाट १० हजार परिवार प्रभावित हुन सक्ने आकलन

spot_img

जिल्ला विपद् व्यवस्थापन समिति बाकेले यस बर्षको विपद्धबाट २५ हजार घर परिवारको १ लाख ५० हजार मानिसहरू प्रभावित हुन सक्ने पूर्वानुमान गरेको छ ।यसैगरी मनसुनबाट करिब १० हजार घर परिबारको ५० हजार मानिस प्रभाबित हुने आकलन गरी सवै विषयगत कार्यालयले तयार पारेको योजनालाई समावेश गरी जिल्लाको विपद पुर्वतयारी तथा प्रतिकार्य योजना २०७९ र मनसुन पुर्वतयारी तथा प्रतिकार्य योजना २०७९ समेत स्विकृत गरेको छ ।
त्यसै गरी मनसुन शुरु भैसकेको अवस्थामा बाढीजन्य विपदको खोज तथा उद्धारमा प्रयोग हुने सामाग्रीहरुको प्रयोग गरी डुडुवा गाँउपालिकाको कम्दी स्थित राप्ती नदिमा प्रदेश सरकार, सवै सुरक्षा निकाय, पालिका, रेडक्रसको सहभागितामा असार ६ गते विहान ११ वजे कृत्रिम घटना अभ्यास गर्ने तयारी गरेको छ । वाढीजन्य विपद्बाट उच्च जोखिमयुक्त्त क्षेत्र, परिवार सख्या र सुरक्षित स्थानको पहिचान अविलम्व गर्ने, पालिका भित्र भएको विपद्मा प्रयोग हुने स्रोत साधन, जनशक्तिको अद्यावधिक गरी तयारी अवस्थामा राख्ने,विपद सर्वेक्षणका लागि आवश्यक पर्ने जनशक्तिको पहिचान, प्रारम्भिक द्रत लेखाजोखा र घरधुरी सर्वेक्षण फारम तयारी अवस्थामा राख्ने, नदि तथा खोलामा पानीको सतह वढेको अवस्थामा माछा मार्न, दाउरा छोप्न जाने,पौडी खेल्ने जस्ता कार्यहरु रोक्ने निर्णय गरेको छ । अत्यावश्यक सामाग्री खानेकुरा,कपडा,औषधी,पानीहरुको आवश्यक भण्डारण गर्ने निर्णय गरेको छ ।
नजिकको नदी, नालामा पानीको वहावको सूचना लिई नदिको सतह बढेको तल्लो तटीय क्षेत्रका वासिन्दाहरुलाई सुरक्षित रहन सूचना प्रवाह गर्ने निर्णय भएको सुचना व्यवस्थापन ले जानकारी दिएको छ ।
त्यसै गरी बाकेको बाढीजन्य प्रकोपको पूर्वतयारीका लागि राप्ती नदी, मान खोला ,किरण नाला, डुडुवा नाला लगायतका जोखिमयुक्त क्षेत्रहरुमा हुन सक्ने कटान तथा वाढीका कारण हुने क्षति न्यूनिकरणका लागि समयमै रोकथाम तथा आपतकालिन तटवन्धको लागि कार्य गर्न सम्वन्धित कार्यालयहरुलाई निर्देशन दिने निर्णय गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here