spot_img
Saturday, July 27, 2024
Homeब्यानरबाँकेका ८ स्थानियतहमा २ हजार ६ सय ६८ जनाको उम्मेदवारी

बाँकेका ८ स्थानियतहमा २ हजार ६ सय ६८ जनाको उम्मेदवारी

spot_img

यहि बैशाख ३० गते मतदान हुने स्थानिय निकायको निर्बाचनको लागी बांके जिल्लाका ८ वटा पालीकाबाट प्रमुख, उप–प्रमुख, वडा अध्यक्ष र सम्पूर्ण सदस्य सहित २ हजार ६ सय ६८ जनाले आफनो उम्मेदवारी दिएका छन । निर्बाचन आयोगको पालिका स्तरिय कार्यालयमा आ–आफनो उम्मेदवारी दर्ता गराएर निर्बाचनमा होमिएका उम्मेदवारहरुले जनताको घर दैलोमा पुगेर आफुलाई मत दिन आग्रह सहितका पर्चा पम्पलेट, प्रतिदद्धता पत्र दिएर प्रचार प्रसारको अन्तीम चरणमा रहेका छन ।बांके जिल्लाको ८ वटा पालिकामा हाल सम्मको गरिएको अध्ययनको क्रममा सबै पालिकाहरुमा उम्मेदवारहरुले प्रचार–प्रसारको काम सौहार्द र शान्तीपुर्णरुपमा सम्पन्न गरिसकेका छन ।केही छिटफुट ठाउंमा मत माग्न र आ–आफनो जनप्रर्दशन गर्दे भोली अर्थात २७ गते राती १२ बजे बाट प्रचार प्रसारको काम सम्पन्न हुदैछ ।यस पटकको निर्बाचनमा जनताको प्रत्यक्ष घरदैलोमा प्रभाबित पार्ने आफना जनप्रतिनिधि स्वतन्त्रपूर्वक चुन्न सर्वसाधरणमा गठबन्धनको नाममा केही समस्या खडा गरेपनि जनताको भने त्यसको खासै असर देखिएको छैन ।नेपालगञ्ज उप–महानगरको मेयर पदमा ५ जना स्वतन्त्र सहित १७ जना मेयर पदका उम्मेदवारहरु रहेका छन । त्यसैगरि उप–मेयरमा सबै दलहरुबाट प्रतिनिधित्व गदै ९ जना उप–मेयरको उम्मेदवार रहेका छन । मेयर उप–मेयर सहित नेपालगञ्ज उप–महानगरमा ७ सय ७१ जनाले बिभिन्न पदको लागी उम्मेदवारी दिएर निर्बाचनमा खडा भएको अवस्था छ ।
नेपालगञ्जमा २३ वटा वडाका लागी १ वडा अध्यक्ष र ४ सदस्य सहित प्रत्यक वडामा ५ जनाका दरले ११५ जना र २ जना मेयर र उपमेयर सहित ११७ जना निर्बाचित हुनेछन ।त्यसैगरि कोहलपुरमा १५ वडा र मेयर उपमेयर सहित ७७ जना, खजुरा गाउंपालिकामा अध्यक्ष र उपाध्यक्ष सहित ८ वडाका सबै गरि ४२ जना , बैजनाथ गाउंपालिकामा पनि ४२ जना, राप्तीसोनारी गाउंपालिकामा अध्यक्ष, उपाध्यक्ष सहित ४७ जना, जानकी, डुडुवा र नरैनापुर गाउंपालिकामा ६/६ वटा वडा रहेकाले ३२/३२ जना गरि बांके जिल्लामा कुल ४ सय २१ जना निर्बाचित हुनुपर्नेमा २ हजार ६ सय ६८ जनाले उम्मेदवारी दर्ता गरि निर्बाचनमा होमिएका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here