spot_img
Saturday, July 27, 2024
Homeब्यानरबाँकेका ८१ मध्ये ५२ वटा वडामा वडा कार्यसमिति र क्षेत्रीय समिति निर्विरोध...

बाँकेका ८१ मध्ये ५२ वटा वडामा वडा कार्यसमिति र क्षेत्रीय समिति निर्विरोध निर्वाचित

spot_img

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेका ८१ मध्ये ५२ वटा वडामा वडा कार्यसमिति र क्षेत्रीय समिति निर्विरोध निर्वाचित गरिएको छ । शनिबार सुरु भएको निर्वाचन कार्यक्रममार्फत करिव ६० प्रतिशत वडामा निर्विरोध निर्वाचित गरिएको होे ।
जिल्ला निर्वाचन परिचालन समितिका सदस्य एवम् नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष बीरेन्द्र यादवका अनुसार नेपालगन्ज उपमहानगरपालिकाका २३ वटा वडामध्ये १७ वटामा निर्विरोध चयन गरिएको छ । जस अनुुसार वडा नम्बर ११, ७, ३, २२, २१, ४, ५, ८, १०, १२, १५, १६, १७, १८, १९, २० र २३ मा निर्विरोध भएको छ ।
नरैनापुर गाउँपालिकाको ६ वटा वडामध्ये ४ वटामा निर्विरोध भएको छ । जस अनुसार वडा नम्बर १, ३, ४ र ५ मा निर्विरोध भएको हो । जानकी गाउँपालिकाको वडा नम्बर १ र ५ मा पुर्ण रुपमा निर्विरोध भएको छ, भने वडा नम्बर ६ मा वडासभापति बाहेक अन्य सबै पदमा निर्विरोध भएको छ ।
खजुरा गाउँपालिकाको ८ वटा मध्ये ६ वटा वडामा निर्विरोध भएको छ । खजुराको वडा नम्बर १, २, ५, ६, ७ र ८ मा निर्विरोध भएको हो । डुडुवा गाउँपालिकाको १ देखी ६ सम्मका पुरै वडामा निर्विरोध भएको छ । राप्ती सोनारीको ९ वटा वडामध्ये ५ वटामा निर्विरोध भएको छ । राप्ती सोनारीको वडा नम्बर १, ३, ५, ७ र ९ मा निर्विरोध भएको हो ।
कोहलपुर नगरपालिकाको १५ वटा वडामध्ये ५ वटामा निर्विरोध भएको छ । कोहलपुरको वडा नम्बर १, ४, ७, ९ र १५ मा निर्विरोध भएको हो । बैजनाथ गाउँपालिकामा रहेका ८ वटा वडामध्ये ७ वटामा निर्विरोध भएको छ । उक्त गाउँपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६ र ७ मा निर्विरोध भएको निर्वाचन परिचालन समितिका सदस्य यादवले जानकारी दिनु भयो ।
जिल्लाभरी नै निर्वाचन कार्यक्रम शान्तिपूर्ण रुपमा भएको जिल्ला सहायक निर्वाचन अधिकृत ९अधिवक्ता० चित्रबहादुर शाहीले बताउनु भयो । शनिबार करिव ६० प्रतिशत वडामा निर्विरोध रुपमा कार्यसमिति र क्षेत्रीय प्रतिनिधी चयन भइसकेको उहाँले जानकारी दिनुभयो । निर्विरोध हुन नसकेका बाँकी २९ वटा वडामा आइतबार९भोली० मतदान हुने शाहीको भनाइ छ । निर्वाचन परिचालन समितिका अनुसार बिहान ९ बजेदेखी दिउँसो ४ बजेसम्म मतदान चल्नेछ । मतदान पश्चात गणना तथा मत परिणाम घोषणा गरिनेछ ।
बाँकेको वडादेखी जिल्ला तहसम्मको संशोधित निर्वाचन तालिका अनुसार कात्तिक २८ गते वडा, मंसिर १ गते गाउँपालिकारनगरपालिका, मंसिर ४ गते प्रदेश सभा, मंसिर ७ गते क्षेत्र र मंसिर ११ गते जिल्लाको निर्वाचन हुनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here