spot_img
Saturday, July 27, 2024
Homeबजारबाँकेका स्थानीय पालिकासँग सहकार्य गर्दै प्रेस युनियन

बाँकेका स्थानीय पालिकासँग सहकार्य गर्दै प्रेस युनियन

spot_img

नेपाल प्रेस युनियन बाँकेले स्थानीय तहले हासिल गरेका उपलब्धी, सम्भावना र चुनौतीहरुको समिक्षा गर्न स्थानीय निकायसँग अन्तरक्रिया सुरु गरेको छ । आइतबार प्रेस युनियन बाँकेले पहिलो पटक बाँकेको राप्तीसोनारी गाउँपालिकामा अन्तरक्रिया गरेको छ ।
नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृती ढकालको अध्यक्षतामा भएको अन्तरक्रियामा पालिकाका अध्यक्ष, उपाध्यक्ष, पत्रकार, प्रमुख प्रशासकिय अधिकृत, विषयगत शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।
प्रेस युनियन बाँकेका उपाध्यक्ष कमल खत्रीले सहजीकरण गरेको अन्तरक्रियामा स्थानीय निकाय निर्माण गरेका योजना, समस्याहरुको बारेमा छलफल गर्दै पालिकाले हासिल गरेका उपलब्धिसँग स्थानीय जनतालाई जोड्दैं पालिकाका सम्भावनालाई उजागर गर्ने प्रयास गरिएको थियो ।
अन्तरक्रियामा राप्ती सोनारी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले दोश्रो कार्यकालको डेढ वर्षमा भएका उपलब्धी, सम्भावना र सामना गरिरहेका चुनौतिहरुको बारेमा जानकारी गराएका थिए ।राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले पालिकाभित्र जनताका आवश्यकतालाई मध्यनजर गर्दै काम गरिरहेको बताए ।
उनले भने, ‘गाउँपालिकामा हामीले दुईवटा शाखाहरु बिस्तार गरेका छौं । कृषि सहकारी शाखा र न्यायिक समिती । कृषि बिकास रणनीति तयार गरिएको छ । भुमिमा भु–उपयोग योजना पारित गरिएको छ । राप्ती सोनारी गाउँपालिकाको आवधिक योजना छ । भवन मापदण्ड संहिता, सडक गुरु योजनासंगै औद्योगिक ग्रामको पनि स्थापना गरि यसरी विषयगत कामहरु भईरहेका छन् । राप्तीसोनारी गाउँपालिका प्रसुती गृह निर्माण र १५ सैय्याको सुबिधा सम्पन्न अस्पताल निर्माणको क्रममा छ । जसको संचालनपछी राप्ती सोनारी गाउँपालिकामा सहज स्वास्थ्य सेवा प्रवाह हुने छ ।’
पौडेलले अगाडी भने, ‘राप्तीसोनारी गाउँपालिका बाँकेकै सबैभन्दा धेरै धान उत्पादन हुने पालिका हो । त्यसैले पालिकामा कृषि क्षेत्रमा गत वर्ष भन्दा यो वर्ष धेरै लगानी गरिएको छ ।’ संघ र प्रदेशले स्थानीय तहसँग समन्वय नगर्दा र दक्ष जनशक्ति पुर्वाधारको आवश्यकता हुँदा काम गर्नमा कठिनाई भएको अध्यक्ष पौडेलको अनुभव छ । गाउँपालिकामा शिक्षक व्यवस्थापनमा कठिनाई भएको छ ।
स्थानीय पाठ्यक्रम लागू भएको पहिलो पालिका राप्तीसोनारी गाउँपालिकामा नेपाली, सामाजिक, स्वास्थ्य जस्ता विषयका शिक्षक सजिलै पाउन सकिन्छ भने गणित र विज्ञान विषका शिक्षक पाउन मुस्किल हुने गरेको उनको भनाइ छ ।
गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारुले आफू निर्वाचित भएर आईसकेपछि आफ्नो जिम्मेवारी तथा विकास निर्माणका कामहरु अगाडी बढाएको बताईन् । उनले भनिन, ‘उपाध्यक्षको संयोजकत्वमा थुप्रै समूह तथा समिती गठन भएका छन् । तिनै समितिमा रहेर आफ्नो पद अनुसारको जिम्मेवारी पूरा गर्ने प्रयास गरेको छु ।’
न्यायिक समिती संयोजक, सहकारी संयोजक अनुगमन संयोजक लगायत अन्य समूह तथा समितिमा आफ्नो जिम्मेवारी भएको र त्यही काम गरिरहेको उनले बताईन् । अन्तरक्रियामा प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले भने विकासको स्थानीय जनताको चेतनाको स्तरलाई माथि उठाउन जरुरी रहेको बताए ।
उनले भने, ‘हामीले मान्छेको विकास गर्न खोजिरहेका छौं तर स्थानीय नागरिकहरू बाटो निर्माणको माग राख्नुहुन्छ । स्थानिय तहको विकास हुन मान्छेको बिकास हुनुपर्छ । हाम्रो आफ्नै चरित्र हुन्छ जुन एक अर्कासंग मिल्न सकिरहेको हुँदैन । यसले गर्दा काममा असहज हुने गर्छ । अहिले पनि पालिकाको बजेट पुर्वाधारकै क्षेत्रमा खर्च भैरहेको छ ।’तर पालिकाले सामाजिक क्षेत्र खर्च गर्नु पर्ने देखिएको उनी बताउँछन ।
मिडियामार्फत पत्रकारको लेखाइले जनताले सेवा पाउनुको साथै जनप्रतिनिधि र कर्मचारीलाई मार्गदर्शन मिल्नु पर्ने सुझाव प्रमुख प्रशासकिय अधिकृत देवकोटाले दिए । पत्रकारले सम्बन्धित व्यक्तिबाट सूचना माग्नु पर्ने र तथ्यसहितको पत्रकारितालाई जोड दिनु पर्ने उनको भनाई थियो ।
अन्तरक्रियामा प्रेस युनियन बाँकेका कार्यसमिति सदस्यसहित राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेल, उपाध्यक्ष मनिषा सिंह थारु, प्रशासकीय प्रमुख ओम प्रकाश देवकोटा लगायत विभिन्न शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here