बाघको आक्रमणमा परी गेरुवा गाउँपालिका- ४ स्थित राजीपुर मध्यवती क्षेत्रको जंगलमा स्थानीय ६२ वर्षीय कालुराम थारूको ज्यान गएको छ । बर्दिय राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठका अनुसार राँगा चराएर फर्कने क्रममा बाघले पछाडिबाट आक्रमण गरेको हो । घटनापछि निकुञ्जका कर्मचारी, नेपाली सेनालगायत सुरक्षा निकायका टोली त्यहाँ पुगेका छन् ।
00