सामाजिक संजाल फेसबुक पेज मार्फत अनलाईन ठगी कार्यमा संलग्न रहेको आरोपमा बर्दियाका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नम्बर १० का २३ वर्षिय रमेश थारु रहेको महानगरिय अपराध महाशाखाले जनाएको छ ।महाशाखा अनुसार रमेशले बिभिन्न ब्यक्तिहरुको नागरीकताको कपी फेला पारेर त्यसको दुरुपयोग गरेका छन । नागरिकताको सहायताले नक्कली फेसबुक पेज बनाएर अनलाईन मार्फत डि।एस।एल।आर क्यामेराको खरिद तथा बिक्री गर्न आकर्षक बिज्ञापन राखेका थिए । खरिद गर्न चाहाने ग्राहकबर्गहरुको लागी सम्पर्क नम्बर ९७४५५४१४५६ समेत दिएर क्यानन् ८० क्यामराको मूल्य रु। ७८,०००। पर्छ ५०५ रकम पहिला पठाउनु भनी सामान डेलिभरी गर्नुपुर्व केही रकम अन्लाईन मार्फत पठाउन लगाएर सामान डेलिभरी नगरेर सम्पर्क बिहिन भएको महाशाखाले मंगलबार जनाएको छ ।प्रहरी अनुसार ठगी गर्ने कार्यमा संलग्न रहेका रमेश थारुलाई ईलाका प्रहरी कार्यालय कोहलपुर, बाँके संग समन्वय गरेर सोमबार बाँकेको कोहलपुरबाट पक्राउ गरिएको हो ।उनलाई महाशाखामा ल्याएर ठगी सम्बन्धी कसुरमा आवश्यक कारवाहीको लागि मंगलबार महानगरीय प्रहरी परिसर, टेकु पठाईको अपराध महाशाखाले जनाएको छ ।
00
हामीसँग जोडिनुहोस्
सिफारिस