spot_img
Saturday, July 27, 2024
Homeब्यानरप्रारम्भिक बालबालिका शिक्षा सुधारका लागि नेसवि युनियनको चासो

प्रारम्भिक बालबालिका शिक्षा सुधारका लागि नेसवि युनियनको चासो

spot_img

प्रारम्भिक बालबालिका शिक्षा सुधारका लागि नेपाल समाजवादी विद्यार्थी युनियनले सम्पुर्ण प्रगतिशिल देश भक्त तथा समाजवादी विद्यार्थीहरुर्ला एकजुट हुन आव्वहान गरेको छ । शुक्रबार नेपालगंज उपमहानगरपालिका मेयर प्रशान्त विष्ट तथा उपमेयर कम्रुद्धिन राईलाई आफ्ना माग सहितको पत्र बुझाएका छ । आफ्ना मागहरुको बारेमा जानकारी गराउँदै नेपाल समाजवादी विद्यार्थी युनियनका बाँके जिल्ला कार्यसमिति संयोजक टेकराज कडेलले नेपाल समाजवादी विद्यार्थी युनियन स्थापनाकालदेखि नै विगतका शैक्षिक,सामाजिक आन्दोलनका उपलब्धिहर संस्थागत गदैै शिक्षा क्षेत्रमा आमुल परिवर्तन लागि उपलब्ध संरचना र पद्धती सुधार गर्दै लैजानुपर्नेमा प्रतिवद्ध रहेको बताए । जिल्ला संयोजक कडेलले जारी गरिएको विज्ञप्तीका बारेमा जानकारी गराउँदै माग आफ्नाहरुको बारेमा बताउँदै भने,हामीले राखेका पाँच बुँदे मागहरुमा सरकारले संचालनमा ल्याएको प्रारम्भिक बाल विकास कार्यक्रमलाई बालबालिका सम्बन्धि अन्तराष्ट्रिय कानुन,मुल्यमान्यता र देशको अवस्था हेरेर नीतिगत रुपमा नै सच्याएर कम्तिमा समान ३ तहको हुने व्यवस्था गराउने,इसिडि कार्यक्रममा आवद्ध शिक्षक र शिक्षिकाको योग्यता र सुविधा अन्तराष्ट्रिय मापदण्ड अनुसार युगानुकुल बनाउने,प्रत्येक तहमा सहयोगी शिक्षक र कर्मचारीको व्यवस्था गरी हाल सेवा प्रदान गरिरहेका शिक्षक र कर्मचारीलाई तत्काल बालमनोविज्ञान,केयर गिभर मन्टेश्वरी सम्बन्धी तालिमको व्यवस्था गराउने,यसै आर्थिक वर्षबाट इसिडि लाई भौतिक संरचना,सिकाई सामाग्री र उपयुक्त पाठयक्रमको लागि बजेट विनियोजन तथा नीति तथा कार्यविधि निर्माण गराउने,विद्यार्थी खाजा कार्यक्रमका लागि छुट्याइएको प्रतिविद्यार्थी रु १५बजेट अन्यन्त न्युन भएकोले यसै आर्थिक वर्षको बजेटबाट प्रतिविद्यार्थी रु ५० बनाई विद्यालयमा खाना पकाउने र खुवाउने सामाग्री लगायत कर्मचारीको व्यवस्था गरी थप प्रभावकारी बनाउने र तीन तहको सरकार बनेपछि भएको समन्वयगत जटिलता समाधानको लागि तहगत क्षेत्राकिार साथै कर्तव्य जिम्मेवारी स्पष्ट रुपमा तोकी पालना गराउन पहल गराउने रहेका छ ।’ जारी विज्ञप्तीलाई बुझदै नेपालगंज उपमहानगरपालिका मेयर विष्टले शिक्षा क्षेत्रको विकासका लागि नेपालगंज उपमहानगरपालिका सधैव सकारात्मक रहेको हुदाँ नगरले गर्न सक्ने विषयमा सबैको साथ सहयोग लिदै अगाडि बढ्ने प्रतिवद्धता जनाए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here