spot_img
Thursday, April 24, 2025
Homeब्यानरप्राध्यापक तिवारी र भण्डारी सम्मानित

प्राध्यापक तिवारी र भण्डारी सम्मानित

spot_img

बाँके जिल्लामा रहेको पश्चिम क्षेत्रको पहिलो र पुरानो क्याम्पसमा अध्यापन गराउदै आएका प्राध्यापक डाक्टर हरि प्रसाद तिवारी र प्राध्यापक डाक्टर इन्द्र बहादुर भण्डारी सम्मानित भएका छन । शिक्षाशास्त्र संकायमा अध्यापन गराउँदै आएका प्रा.डा.तिवरी र भण्डारीले विद्यावारिधि गर्न सफल भएकोमा महेन्द्र बहुमुखी क्याम्पस शिक्षाशास्त्र संकायद्धारा शुक्रबार सम्मान गरेको हो ।
कार्यक्रममा बोल्दै सम्मान कार्यक्रमका प्रमुख अतिथि तथा क्याम्पस प्रमुख आर्चायले महेन्द्र बहुमुखी क्याम्पस पुरानो क्याम्पस भएको हुदाँ प्रा.डा.तिवारी र प्रा.डा.भण्डारीको विद्यावारिधिको उपलब्धिलाई क्याम्पसले ग्रहण गर्ने बताए । प्रमुख आर्चायले भने,“दुवै जना सरहरुलाई बधाई छ यसरी नै अन्य सरहरुले पनि विद्यावारिधि गरेको हेर्न चाहाछौ ” । उनले अन्य शिक्षकहरुलाई दुवै सम्मानित व्यक्तिहरुको अनुभवले सहयोग गर्ने बताए ।
शिक्षाशास्त्र संकायका सहायक क्याम्पस प्रमुख डा.इन्द्र बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रमको ई.पि.एम.विभागिय प्रमुख विष्णु बहादुर के.सी. कार्यक्रमको सहजीकरण गरेको थिए भने कार्यक्रममा सहायक क्याम्पस प्रमुख विष्णु प्रसाद शर्मा,विद्यार्थी कल्याण प्रमुख श्रीधर अधिकारी लगायत शिक्षकहरुको उपस्थिति रहेको थियो ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here