नेपाल प्रहरीका तीन जना डीआइजीलाई एआईजीमा बढुवा गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
वरिष्ठताक्रम र कार्यक्षमताका आधारमा बढुवा नगरिएको भन्दै बढुवामा नपरेका डीआइजी ईश्वरबाबु कार्कीले सरकारको निर्णयविरुद्ध सर्वोच्चमा आज रिट दिएका हुन् ।
विहिबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले डीआइजी वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
00