spot_img
Thursday, October 17, 2024
Homeकला/साहित्यप्रतियोगिताको सद्भाव दुतमा शाक्य र शाही नियुक्त

प्रतियोगिताको सद्भाव दुतमा शाक्य र शाही नियुक्त

spot_img

पाल्पा–सञ्जय मेमोरियल फाउन्डेसनको आयोजनामा पाल्पाको लानसेन रानीमहलमा हुन गैरहेको सञ्जय मेमोरियल राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सद्भावन दुतमा राष्ट्रिय महिला भलिबाल टिमकी कप्तान अरुणा शाही र कलाकार धिरेन शाक्यलाई नियुक्त गरीएको छ । फाउन्डेसनको कार्यसमितिको बैठकले कप्तान शाही र कलाकार शाक्यलाई प्रतियोगिताको दुत नियृक्त गर्ने निर्णय गरेको हो । राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा ख्याती कमानउ सफल शाही र शाक्यको नियुक्तले प्रतियोगितालाई सफल बनाउने थप सहयोग पुग्ने विश्वास लिएको फाउन्डेसनले लिएको छ ।प्रतियोगिताको सफलताको लागि आयोजना र संचालनका लागि पुर्व गभर्नर चिरन्जिवी नेपालको संरक्षकत्वमा २३ सदस्यीय मुल आयोजक समिति गठन समेत गरिएको आयोजकले जनाकारी दिएको छ ।समितिमा फाउन्डेसनका पदाधिकारी सहित राजधानी काठमाडौ सहित पाल्पामा रहेका प्रतिष्ठित सामाजिक व्यक्त्वि र संघसंस्थाका प्रतिनिधिहरु आयोजक समितिका सदस्य रहेको छन । आयोजक समितिमा उवासंघ पाल्पा, पाल्पा व्यापार संघ, होटल संघ, खेलकुद विकास समिति, महिला उद्यमी संघहरु लगायतविभिन्न संस्था रहेका छन् । पाल्पाका राजनीतिक दल नेपाली कांग्रेस, एमाले, राप्रपा, नेकपा माओवादी, राजमोलगायतका दलहरुलाई समावेश गरी सल्लाहकार समिति गठन गर्दै नेपाल भलिवल संघका सल्लाहकार नारायणशर्मालाई यस प्रतियोगिताको आयोजक कमिटिको सल्लाहकारमा मनोनीत गरेकोब्यहोरा जानकारी गराउन चाहन्छौं ।प्रतियोगिता आयोजना स्थल पाल्पामा आवश्यक संयोजन र व्यवस्थापनकालागि पाल्पा उद्योग वाणिज्य संघलाईजिम्मेवारी तोकिएको छ । स्थानीय संघ संस्थाको सहभागिताले प्रतियोगितामा स्थानीय अपनत्व महशुश हुने र खेलसम्पन्न गर्न ठुलो महत्व राख्ने अपेक्षा गरेका छौं ।नेपाल भलिबल संघसँगको सहकार्यमा सञ्जय मेमोरियल फाउन्डेसनले चैतको अन्तिम साता पाल्पाको रानीमहलमासञ्जय मेमोरियल राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी यसअघिनै पत्रकारसम्मेलनमार्फत गराईसकेका छ । तीन वटा विभागीय टिम र सात प्रदेशका टिमलाई समावेश गर्दै आयोजना गर्नलागिएको प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडी समावेश हुने भलिबलको माध्यमबाट पाल्पाकरानीमहलको पर्यटन प्रबद्र्धन र विकास गर्ने उद्धेश्यले आयोजना गर्न लागिएको प्रतियोगिताको तयारी तिव्र गतिमा अघि बढेको जानकारी आयोजकले गराएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here