spot_img
Saturday, July 27, 2024
Homeब्यानरपालिका प्रमुख माथि हातपात भएको भन्दै कर्मचारी आन्दोलित

पालिका प्रमुख माथि हातपात भएको भन्दै कर्मचारी आन्दोलित

spot_img

बाँकेको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनिराम खरालमाथी हातपात, कुटपिट, गाली गलौच तथा दुर्व्यवहार भएको भन्दै कर्मचारीहरु आन्दोलित भएका छन् । प्रमुख प्रशासकीय अधिकृत खराललाई बुधबार कार्यालयको हाताभित्रै बिहान सवा १० बजेतिर हातपात गरिएको कर्मचारीको भनाई छ ।

उक्त गाउँपालिकामा कार्यरत करिव ३ दर्जन कर्मचारीले एक विज्ञप्ती जारी गर्दै प्रमुख प्रशासकीय अधिकृत खरालमाथी १२र१५ जनाको युवाहरुको समुहले हातपात गरेको उल्लेख गरेका हुन् । उक्त घटनाप्रति घोर भर्सना गर्दै कुटपिटमा संलग्न ब्यक्तिलाई यथाशिघ्र कडाभन्दा कडा कारबाही गर्न सम्बन्धित निकायको विज्ञप्तीमार्फत ध्यानाकर्षण गराएका छन् ।

दोषीहरुलाई तत्काल पक्राउ गरी कारबाहीको प्रक्रिया अगाडी नबढाएमा बिहीबार ९भोली० देखी सम्पूर्ण वडा कार्यालय, शाखा कार्यालय तथा गाउँपालिकाको कामकाज ठप्प पार्ने कर्मचारीको चेतावनी छ । प्रमुख प्रशासकीय अधिकृत खराल र लेखा अधिकृत प्रदिप सुनारमाथी गाउँपालिकामै कार्यरत एक महिला कर्मचारीले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।

गत शुक्रबार वनभोजका लागि टिकापुर गएका बेला आफुमाथी यौन दुर्व्यवहार भएको उनको आरोप थियो । यौन दुर्व्यवहारको घटनासँग जोडेर युवाहरुले प्रमुख प्रशासकीय अधिकृतमाथी हातपात गरेको बताइएको छ ।

महिला कर्मचारीले घटनाको पाँच दिनपछि मात्र यौन दुर्व्यवहारको आरोप लगाउनु, युवाहरु गाउँपालिकामै पुगेर प्रमुख प्रशासकीय अधिकृतमाथी हातपात एवम् दुर्व्यवहार गर्नु र महिलाले यौन दुर्व्यवहार भएको विषयमा जाहेरी दिन आनाकानी गर्नुले खजुरा गाउँपालिकाको काण्ड झन् झन् रहस्यमय बन्दै गएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here