spot_img
Wednesday, October 16, 2024
Homeब्यानरपालिकामा व्यक्तीगत घटना दर्ताको दोस्रो चरणको अभियान शुरु

पालिकामा व्यक्तीगत घटना दर्ताको दोस्रो चरणको अभियान शुरु

spot_img

बाँके जिल्ला डुडुवा गाउँपालिकाले अनलाईन व्यक्तिगत घट्ना दर्ता प्रमाणपत्र वितरणको दोस्रो चरणको अभियान बुधबार देखि सुरु गरेको छ । गाउँपालिका प्रमुख नरेन्द्र कुमार चौधरीले गाउँपालिकाको वडा नं.२ सन्तलिया गाउँका पाटनदिन बर्माको छोरीको जन्मदर्ता प्रमाणपत्रको विवरण संकलन फारम प्रदान गर्दै अभियानको सुरुवात गरेका हुन ।अभियानको शुभारम्भ गर्दे प्रमुख चौधरीले पालिकाका कुनै पनि नागरीक सेवाबाट बञ्चित नहुन भन्दै घरघरमै सेवा पु¥याउने लक्ष्य अनुसार घरदैलो अभियानमार्फत घट्ना दर्ताको विवरण संकलन सुरु गरिएको बताए । अभियान मार्फत विवरण संकलन गरेर अनलाइनमा दर्ता गरि पुनः प्रमाणपत्र बनाएर घरघर पुगेर वितरण शुरु गरिने पालिकाका पञ्जीकरण शाखा प्रमुख एमआईएस अपरेटर कौशल कुमार कैरातीले बताए । स्थानिय स्तरमा कुनै पनि नागरीक पालिकाले प्रदान गर्ने सेवाबाट बञ्चित हुन नपरोस र समयमा नै घट्ना दर्ता गर्नेको बानीको विकास होस भन्ने उदेश्यले यो अभियानको सुरुवात गरीएको हो । नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग अन्र्तगत डुडुवा गाँउपालिकाद्धारा व्यक्तीगत घट्ना दर्ताको दोस्रो चरणको अभियान शुरु गरिएको हो ।पालिकाको वडा नं. १ देखि ६ सम्म घरदैलो अभियान अन्र्तगत विवरण संकलनका लागि वडा सचिवसहितको करिब २७ जना जनशक्ति परिचालन गरि गरिएको छ । घटना दर्ता अन्र्तगत जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाई सराइ लगायतका अनलाइन घटना दर्ताका लागि विवरण संकलन गर्ने घटना दर्ताका फोकल पर्सन वडासचिव शिवकुमार मौर्यले जानकारी गराए । सचिव मौर्यका अनुसार विवरण संकलन गर्ने टोलीले नागरिकता नलिएका नागरिकहरुको अनुसुचि फारम भर्ने, फोटो खिच्ने कार्य पनि गर्नेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here