spot_img
Saturday, July 27, 2024
Homeब्यानरपत्रकार न्यौपाने इच्छुक स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित

पत्रकार न्यौपाने इच्छुक स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित

spot_img

काठमाडौ–पत्रकार नबराज न्यौपानेलाई यस वर्षको कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित गरेका छन । रिपोर्टर्स क्लब नेपालकोे २४औं वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रूपमा बीमापोष्ट डटकमका सम्पादक नबराज न्यौपानेलाई २५ हजार नगद राशी भएको पुरस्कारबाट सम्मानित गरेका हुन ।
जनपक्षिय पत्रकारितामार्फत योगदान पुयाएवापत पत्रकार न्यौपानेलाई रिपोर्टर्स क्लवले स्थापना गरेको कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान प्रदान गरिएको क्लवले जनाएको छ । २०५७ सालदेखि सिटी टाईम्स सन्ध्याकालिन दैनिक पत्रिकाबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेका न्यौपाने महिमा साप्ताहिक, दृष्टि साप्ताहिक, जनसमाज दैनिक, आर्थिक दैनिकलगायतका पत्रिकामा काम गरिसकेका छन् । हाल बीमापोष्ट डटकम अनलाईन कार्यरत न्यौपाने मुलुकमा १० वर्षसम्म चलेको जनयुद्धमा अप्रत्यक्ष रुपमा संलग्न रहेका थिए । २०६२ सालमा चैत्रमा सिन्धुपाल्चोकको ठोकर्पामा तत्कालिन शाही नेपाली सेनाले गरेको हवाई आक्रमणमा बचेर उम्केका पत्रकार हुन् । आम सञ्चार तथा पत्रकारितामा स्नातकोत्तर न्यौपाने पिपुल्स भोलेन्टियर्स जर्नालिष्ट फोरमका संयोजक समेत हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here