spot_img
Saturday, July 27, 2024
Homeब्यानरपटाका सहित पक्राउ तथा बरामद

पटाका सहित पक्राउ तथा बरामद

spot_img

काठमाडौं महानगरपालिका–१२ भोटबहालस्थित किराना पसल संचालन गरी बस्ने भारत मधुवनी घर भएका २६ वर्षीय कृष्ण कुमार साह र २३ वर्षीय मोती कुमार साहलाई १० किलोग्राम किङ कोब्रा नाम गरेको पटाका सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उक्त पसल तलासी गर्दा उक्त पटाका सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यसैगरी रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका–४ अमरपथ र सोही उपमहानगरपालिका५ नेपालगंज रोडमा वेवारिसे अवस्थामा रहेको करिब २ लाख ५० हजार रुपैयाँ बराबरको विभिन्न किसिमका पटाका बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ । उक्त स्थानमा वेवारिसे अवस्थामा रहेको उक्त पटाका फेला पारी ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले बरामद गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here