नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेको नेपाल सास्कृतिक महासंघ बाँकेले आफ्नो तेस्रो जिल्ला सम्मेलन सम्पन्न गरेको छ । बुधबार बाँकेको कोहलपुरमा आयोजित जिल्ला सम्मेलनले नयाँ कार्यसमिति समेत चयन गरेको हो । नेपाली कांग्रेस बाँकेका पार्टि सभापति नारायण प्रसाद गौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सभापतित्व नेपाल सास्कृतिक महासंघ बाँकेका अध्यक्ष सन्तोषराज पौडेलले गरेका थिए भने विशिष्ट अतिथिमा नेपाल सास्कृतिक महासंघ केन्द्रिय समिति अधयक्ष तिर्थ थापा रहेको थिए । सम्मेलनको उद्घाटन सत्रमा बोल्ने अधिकांश वक्ताहरुले नेपाल कांग्रेस र सास्कृतिक महासंघको सम्बन्ध निकै गहिरो रहेको बताएका थिए । वक्ताहरुले आफ्ना सम्बोधनको क्रममा पार्टिको गित मात्रै नभएर नेपालका कलासस्कृतिहरुको प्रवद्धन तथा संरक्षण गर्नमा नेपाल सास्कृति महासंघको महत्वपुर्ण भुमिका रहने बताएका थिए ।उद्धघाटन सत्रलाई सम्बोधन गर्ने क्रममा नेपाली कांग्रेस बाँकेका सभापति तथा कार्यक्रमका प्रमुख अतिथि नारायाण प्रसाद गौडेलले नेपाली कांग्रेसका हरेक गतिविधिमा नेपाल सास्कृतिक महासंघको भुमिका रहने गरेको बताए । सभापति गौडेलले पार्टिका गरेका काम तथा नेपाली कलासस्कृतिकहरुको जगेर्नाका निम्ति नेपाल सास्कृतिक महासंघको अहम भुमिका रहने भएको हुदाँ महासंघलाई बलियो बनाएर लैजानु पर्ने बताए ।

यसैगरी उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा नेपाल सास्कृतिक संघका केन्द्रिय अध्यक्ष तिर्थ थापाले नेपाल सास्कृतिक महासंघ भनेको गाउने र नाच्ने मात्र नभै सबै कलासस्कृतिलाई समेटेर लैजाने संस्थाको बुझ्नु पर्ने बताए । अध्यक्ष थापाले नेपाली लोकसस्कृतिको संरक्षण र प्रवद्धनका लागि आवश्यक पर्ने कुनै पनि विधा नेपाल सास्कृति महासंघको सम्पत्तिको रपमा रहेन बताए ।
कार्यक्रममा नेपाली कांग्रेस बाँके पार्टि उपसभापति गोपाल प्रसाद अधिकारी र कृष्ण कार्की,नेपाली कांगे्रस बाँके जिल्ला सचिव शुधांसु कोइराला र सञ्जु कुमारी चौधरी,महाधिवेसन प्रतिनिधि तथा कोहलपुर नगरपालिका उप्रमुख संगिता सुवेदी,महासमिति सदस्य लुट बहादुर रावत,नेपाल सास्कृतिक महासंघ केन्द्रिय कोषाध्यक्ष तथा कलाकार राधिका हमाल,नेपाल सास्कृतिक महासंघ केन्द्रिय महामन्त्री शिव शंकर प्रसाद रिजाल(जोगेन्द्रर) नेपाल सास्कृति संघ बाँकेका संस्थापक अध्यक्ष विरेन्द्र कुमार यादव लगायतले बोलेका थिए ।


यसैगरी नेपाल सास्कृतिक महासंघ बाँकेका अध्यक्ष सन्तोषराज पौडेलेको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रको संचालन सचिव शिवध्वज शाहीले गरेका थिए ।





सैगरी बुधबार आयोजित तेस्रो अधिवेशनले सन्तोषराज पौडेललाई पुनः नेपाल सास्कृतिक महासंघ बाँकेको अध्यक्षमा निर्वाचित गरेको छ ।पौडेलको अध्यक्षताको उपाध्यक्षमा शारदा खतीवडा,सचिवमा मधु पौडेल,सहसचिवमा लब्वी विष्ट मगर,सदस्यहरुमा इन्द्र बहादुर थापा,रितु राना क्षेत्री,टक्क बहादुर बम,धर्म बहादुर शाही,बसन्त थारु,जयन्ती कुमारी वली शाही,खुशी वली,कित्ताकला जैशी,तिर्था खत्री,खगेन्द्र न्यौपाने,रतन बुढा,सौकत शाह,जयरुप मल्ल,शिवध्वज शाही रहेका निर्वाचन अधिकृत विरेन्द्र कुमार यादवले जानकारी दिएका छन ।
