spot_img
Saturday, July 27, 2024
Homeब्यानरनेपाली कांग्रेसले आफुलाई न्याय गरेको छः जिल्ला समन्वय समिति प्रमुख चौधरी

नेपाली कांग्रेसले आफुलाई न्याय गरेको छः जिल्ला समन्वय समिति प्रमुख चौधरी

spot_img

जिल्ला समन्वय समिति बाँकेका प्रमुख तथा सभापति ज्ञानेन्द्र कुमार चौधरीले नेपाली कांगे्रस पार्टि बाँकेले आफुलाई जिल्ला समन्वय समितिको प्रमुख जस्तो गरीमामय पदमा टिकट दिएर विजय गराएको आभार व्यक्त गर्दे आफुलाई पार्टिले न्याय गरेको बताएका छन । एन सी वोमन लिडरसिप फोरमबाँकेले शनिबार बाँकेको नेपालगंजमा गरेको कार्यक्रममा बोल्ने क्रममा सभापति चौधरीले यसो बताएका हुन । समन्वय समितिका प्रमुख चौधरीले भने,“म वडा सदस्यलाई सिधै जिल्ला समन्वयको टिकट दिएर विजय पनि गराएको नेपाली कांग्रेस पार्टिप्रति आभार व्यक्त गर्न चाहान्छु,यसमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको महत्वपुर्ण भुमिका रहेको छ ।” प्रमुख चौधरीले नेपाली कांग्रेसमा अवसर अवश्य पाइन्छ तर हामीले आत्तिन नहुने बताए । लिडरसिप फोरम अध्यक्ष माया पुनको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा नेपाली कांग्रेसका सहमहामन्त्री रहेका थिए ।कार्यक्रममा स्वागत मन्तव्य फोरमकी कोषाध्यक्ष धनमाया लुइटेलले गरेको कार्यक्रममा संविधान सभा सदस्य बादशाह कुर्मी लगायतले सम्बोधन गरेको थिए भने कार्यक्रमको सहजीकरण नेपाली कांग्रेस बाँके जिल्ला सचिव तथा एन सी वोमन लिडरसिप फोरम बाँके सचिव सञ्जु चौधरी गरेकी थिइन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here