spot_img
Saturday, July 27, 2024
Homeब्यानरनेपालगंज सिमानाका पुर्ण रुपामा खुला,नेपाल भित्रिनेको कोभिड परिक्षण रिर्पोट आवश्यक

नेपालगंज सिमानाका पुर्ण रुपामा खुला,नेपाल भित्रिनेको कोभिड परिक्षण रिर्पोट आवश्यक

spot_img

मन्त्रीपरिषदको बैठकबाट दुई हप्ता अघि सिमा खोल्ने निर्णय कार्यान्वयनमा आउन नसकेको भएता पनि आइतबारबाट पुर्णरुपमा खुला गरिएको छ ।नाका पुर्णरुपमा खुल्न नसक्दा नेपाल भारत विच पैदल यात्रा मात्र गर्न पाउने सुविधा रहेको थियो तर भारतबाट नेपाल आउन र नेपालबाट भारत लैजान रोक लगाइएको थियो । नेपालगंज जमुनाहा र भारतीतय रुपैडिया सिमानाकामा पैदल यात्रु,एम्बुलेन्स तथा मालबाहक सवारी साधनलाई मात्र आउने र जाने गर्न दिएको थियो । आइतबारबाट सिमा पुर्णरुपमा खुलेसंगै निजी सवारी साधनलाई पनि आइतबारबाट सिमा आउने जाने गर्न खुला गरिएको हो । कोरोना भाईरस महामारीका कारण गत बैशाखदेखि नाका बन्द गरिएको थियो ।भारतीय औषधी उपचारमा सुविधा लिइ रहेका सर्वसाधारण र किनमेल गर्न जाने सर्वसाधारणहरुले नाका नखुल्दा समस्या भोग्दै आएका थिए ।जिल्ला प्रशासन बाँकेका अनुसार नेपाल र भारतका सिमावर्ती जिल्लाका अधिकारीबीच छलफल गरेर आइतबाट सिमानाका पुर्णरुपमा खोलिएका बताएको छ । बाँके प्रशासनका आनुसार सिमा नाका खुलेपनि भारतबाट आउने व्यक्तिले नेपाल सरकारले जारी गरेको“यात्रा व्यवस्थित सम्बन्धी आदेश”लाई पालन गर्नु पर्ने जनाएका छ । भारतबाट आउने व्यक्तिले ७२ घण्टाभित्र कोभिड परिक्षण गरिएको रिर्पोटका साथै अनलाईन फाराम ईन्ट्री गरेर प्रतिलिपि पेश गर्नु पर्ने छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here