spot_img
Saturday, July 27, 2024
Homeब्यानरनेपालगंज वडा नं.१२को आर्थिक सहयोगमा ४० जना जेष्ठ नागरीक लगायतलाई न्यानो कपडा...

नेपालगंज वडा नं.१२को आर्थिक सहयोगमा ४० जना जेष्ठ नागरीक लगायतलाई न्यानो कपडा वितरण

spot_img

बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका वडा नं.१२ को आर्थिक सहयोगमा ४० जना जेष्ठ नागरीकलाई शनिबार न्यानो कपडा वितरण गरीएको छ । वडा नं.१२ को आर्थिक सहयोग तथा शिर्जनशिल आमा समुहको आयोजनामा वडाका ४० बढि जेष्ठ नागरीक,एकलमहिला तथा अपाङ्ग नागरीकहरुलाई न्यानो कपडा वितरण गरीएको हो ।
शिर्जनशिल आमा समुहका अध्यक्ष ईता देवी शर्माको अध्यक्षतामा सम्पन्न न्यानो कपडा(ब्लाङ्केट) वितरण कार्यक्रममा स्थानिय बासी तथा नेपाली कांग्रेस महासमिति सदस्य अजित कुमार शर्मा प्रमुख अतिथिको रुपमा रहेको थिए । कार्यक्रमको विशिष्ट अतिथिमा वडा नं.१२ का अध्यक्ष बुद्धि सागर सुवेदी रहेको थिए भने अथितिहरुमा वडा सदस्य दिनेश राज पन्त,इम्प्रोक अध्यक्ष तेजविक्रम शाह लगायत रहेका थिए ।

वडाको आर्थिक सहयोग तथा वडा स्थरीय शिर्जनशिल आमा समुहको आयोजनामा न्यानो कपडा प्राप्त पछि खुशी मुद्रामा दुई स्थानिय महिला जेष्ठ नागरीकहरु


कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली कांगे्रस महासमिति सदस्य शर्माले वडा यस्तो कामको लागि सहयोगमा धन्यवादको पात्र भएका बताए ।उनले वडाले गर्ने गरेको हरेक कार्यक्रममा आफ्नो उपस्थित एक स्थानिय वडा बासीको रुपमा लिनु पर्ने बताए । उनले भने,“यस्ता कामहरु लगायत अन्य कामहरु पनि वडामा भएका छन,शुद्ध मनावताको भावनाले काम गर्ने वातावरण वडामा भएका छ,त्यसमा वडा अध्यक्षको पहली कदम निकै सह्रानिय छ ।” विशिष्ट अतिथिको रुपमा रहेका वडा नं.१२ का अध्यक्ष बुद्धिसागर सुवेदीले आफुले आमा बुवालाई भगवानको रुपमा लिने हुदाँ जाडोको समयमा न्यानो कपडा वितरण गर्दै गर्दा निकै खुशीको अनुभुती गरेको बताए । अध्यक्ष सुवेदीले भने,“चिसोको समयमा न्यानो कपडा ओडेर सुत्दा पनि वडाको सम्झना होस भन्ने पनि छ,वडामा रहनु भएका जेष्ठ नागरीकको रुपमा रहनु भएका आमा बुवा,एकल महिला तथा अपाङग नागरीकहरुको सम्मान गर्न पाउँदा निकै खुशी छु ।

न्यानो कपडा वितरण गर्दै नेपालगंज उपमहानगरपालिका वडा नं.१२का अध्यक्ष बुद्धि सागर सुवेदी

”यसैगरी कार्यक्रममा बोल्दै वडा नं.१२ का वडा सदस्य दिनेशराज पन्तले वडाले यस प्रकारका कार्यक्रमहरुमा सहयोग गर्दै आएको पनि जानकारी गराए ।यसैगरी अतिथिका रुपमा रहेका इम्प्रोक अध्यक्ष शाहले जाडोको समयमा न्यानो कपडा वितरण गर्दा निकै राम्रो भएको बताए । उनले वडाका हरेक कार्यक्रममा अन्य पार्टिहरुको समेत सहभागिता भएको हुदाँ वडा सबैको साझाको रुपमा लैजान सकेकोमा वडा अध्यक्ष सुवेदीलाई धन्यावद समेत दिएका थिए । अध्यक्ष शाहले भने,“वडामा नेपाली कांगे्रेसको नेतृत्व भएता पनि वडाका विशेष गरी वडा अध्यक्ष बुद्धि सागर सुवेदीले पार्टि भन्दा माथि रहेर काम गरेको मैले पाएको छु ।”

न्यानो कपडा (ब्लाङ्केट) वितरण कार्यक्रममा उपस्थिति स्थानिय जेष्ठ नागरीक लगायतको तस्वीर

यसैगरी आफ्नो बृद्ध आमालाई न्यानो कपडा लिन पुगेको स्थानिय हौसीलाल चिडिमारले वडामा बुद्धिसागर सुवेदी आए पछि न्यानो कपडा वितरण लगायत वडामा बाटो निर्माण देखि लिएर विकासे कार्यक्रम समेतमा राम्रो भएको प्रतिक्रिया दिएका छन ।कार्यक्रमको अध्यक्ष शिर्जनशिल आमा समुहका अध्यक्ष शर्माले आमा समुहले गरेको कामका बारेमा बताएकी थिइन ।नेपालगंज वडा नम्बर नं.१२ मेलमिलाप समितिका संयोजक हरिबाबु घिमिरे सहजीकरण गरेको कार्यक्रममा वडा स्तरीय आमा समुह सचिव विष्णुमाया थापा,कोषाध्यक्ष लक्ष्मी खड्का लगायतको उपस्थिति रहेको वडा स्तरीय बालमंत्री सहजकर्ता राजेन्द्र विष्टले जानकारी गराए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here