विगत लामो समयदेखि लथालिङग अवस्थामा रहेको महेन्द्र पुस्तकालय नेपालगंज बाँकेमा अवका दिनमा गति लिने भएको छ । वि.स.२००३ सालमा प्रेम पुस्तकालयको नामबाट संचालन भै २०२४ सालमा महेन्द्र पुस्तकालय नामाकरण गरी संचालन भई रहेको भएता पनि विगत ३४ साल देखि संचालन समिति विहिन हुन पुगेकोमा अहिले आएर नयाँ संचालन समिति गठन हुदाा पुस्तकालयले गतिलिने सम्भावना भएको हो ।संचालक समितिको कार्याकाल २ वर्षको भएता पनि अझै सम्म पुनःकार्यसमिति गठन हुन नसकी रहेको अवस्थामा अहिले आएर जिल्ला समन्वय समितिका सभापति अजय श्रीवास्तवको अध्यक्षतामा पुस्तकालयका आजीवन सदस्यहरुको भेलाबाट बलराम यादवको सभापतित्वमा बाह्र सदस्यीय संचालक समिति गठन गरीएको छ ।समितिको उपाध्यक्षमा पंकज कुमार श्रेष्ठ सुदिप भट्टराई,कृष्णा देवी पाण्डे,सनत कुमार रेग्मी,हरि प्रसाद तिमिल्सेना,अजय कुमार टण्डन,कृष्ण मुरारी प्रसाद भट्ट,बेचनलाल गुप्ता,मोहम्मद जमिल सिद्धिकी,सच्चिदानन्द चौवे,विश्वजित तिवारी रहेका छन । मंगलबार पुस्तकालयका २५ जना आजिवन सदस्य तथा अन्यको उपस्थितिमा यो समिति गठन गरीएको जिल्ला पुस्तकालय व्यवस्थापन समितिका सदस्य विरेन्द्र यादवले जानकारी गराए ।