बागेश्वरी असल शासन क्लव (बास) नेपाल को शनिबार सम्पन्न ९ औं अधिवेशनबाट बाँके नेपालगंज उपमहानगरपालिका नगर स्तरीय सामुदायिक मेलमिलाप समितिका संयोजक शिव कुमार बर्मा निर्विरोध निर्वाचित भएका छन । बास नेपालको अध्यक्षका दावेदार बर्माले साथीहरुको सहमतिमा आफु उपाध्यक्षमा रहेर पनि काम गर्न सक्ने बताए । विभिन्न संघसंस्थाहरुमा रहेर काम गरी सकेको बर्मा बासको उपाध्यक्षमा रहनु संस्थाका लागि निकै महत्व हुने बासका क्रियाशिल सदस्यहरुले बताए ।बासको केन्द्रिय अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा बनेको कार्यसमितिमा उपाध्यक्षमा वर्मा रहेका छन भने महासचिवमा खुमेश सुवेदी,सचिवमा दिला शाह,कोषाध्यक्षमा कल्पना अधिकारी रहेका छन । यसैगरी प्रदेश नं.१को संयोजकमा सुमन वि.क.,मधेश प्रदेश संयोजकमा ईश्वर वि.क.,वाग्मती प्रदेश संयोजकमा ईश्वर दाहाल, लुम्बिनी प्रदेश संयोजकमा खेम विष्ट,कर्णाली प्रदेश संयोजकमा धिरेन्द्र कुमार शाही,सुदुरपश्चिम प्रदेश संयोजक पाण्डव पुजारा,केन्द्रिय सदस्यमा सुरेन्द्र शाही,युवराजजंग शाह,केन्द्रिय सदस्य ,मधेशी÷मुस्लिममा मनमोहन बर्मा,सदस्यमा दिक्षा बोहोरा,मेघा रेउले,केन्द्रिय सदस्य दलित÷जनजाती अन्र्तगत तपेन्द्र बहादुर मलाती,केन्द्रिय सदस्य ,अपांगता जुमान सिंह केसी रहेको केन्द्रिय बासका निर्देशक नमस्कार शाहले जानकारी दिए ।
हामीसँग जोडिनुहोस्
सिफारिस