spot_img
Saturday, July 27, 2024
Homeब्यानरदेशको समस्या समाधानका लागि सबै मिल्नुको विकल्प छैनःनेता थापा

देशको समस्या समाधानका लागि सबै मिल्नुको विकल्प छैनःनेता थापा

spot_img

देशमा रहेका विद्यमान समस्याहरुको समाधानको लागि सबै राजनितिक दलहरु मिल्नुको विकल्प नभएको नेपाली कांग्रेसका महामन्त्री तथा सासंद गगन कुमार थापाले बताएका छन ।
सम्वाद यात्रामा बाँके व्यवसायीहरुसँगको सम्वालाई सम्बोधन गर्दै नेता थापाले नागरीकहरुलाई अहिले निकै समस्यामा भएको हुदाँ त्यसलाई सम्बोधन गर्नु पर्ने बताउँदै भने,“अहिले व्यवसायी तथा जनतामा उकुसमुकुसको अवस्था छ,यसलाई चिर्नका लागि हामीहरु ,यो दल त्यो दल नभनि कन,एकै ठाउँमा आएर समस्याका बारेमा खुलेर बहस गर्नु जरुरी रहेको छ ।”
प्रजातान्त्रिक उद्योगी तथा व्यवसायी संघ बाँकेको आयोजनामा राखिएको सम्वाद कार्यक्रममा बोल्दै संघका अध्यक्ष संजय थापाले भने,“पछिल्लो समय व्यवसाय गर्न नै अप्ठारो परेको अवस्थामा नेपालका राजनिति दलहरुले देखिएका व्यवसायी समस्यालाई सम्बोधन गर्न किन ढिलाई गरेको भन्ने विषयमा मलाई अचम्म लागेको छ ।”
यसैगरी नेपाली कांग्रेस बाँकेका कार्यवाहक अध्यक्ष गोपाल प्रसाद अधिकारीले अहिले व्यवसायीहरुमा एक प्रकारको वितृष्ण बढेको अवस्था रहेको बताउँदै भने,“अहिले विभिन्न समुदायका नाममा ,व्यक्ति विषेशका नाममा व्यवसायीहरुका विचमा फाटो ल्याउने काम भैरहेको छ जुन नराम्रो विषय हो,यस्ता विषयमा नेपाली कांग्रेस बाँके सधै व्यवसायी हितमा रहने छ ।”यसैगरी कार्यक्रममा कोहलपुर उद्योग वाणिज्य संघ लक्ष्मण पौडेलले सम्वाद सम्वादका रुपमा मात्रै नहोस भन्दै भने,“सातै ओटा प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गरेको भएता पनि त्यसको निरन्तरता नहुनु निकै दुखत विषय हो ।”
यसैगरी बाँके निर्माण व्यवसायी संघका निर्वतमान अध्यक्ष टेक बहादुर खड्काले बाटोहरु कहाँ बनाउँदा ठिक हुन्छ भन्ने विषयमा समेत सरकार अविज्ञ रहेको बताउँदै भने,“बाटो कहाँ र कसरी बनाउने भन्ने विषयमा कुनै छलफल नहुदाँ राज्यको रकम दोहन भैरहेको छ ,यस विषयमा कस्तो बुझ्ने हो रु”यसैगरी औषधी व्यवसायी लुम्बिनी प्रदेशका उपाध्यक्ष सुदिप खड्का,संघ बाँकेका पुर्व अध्यक्ष अभय बस्नेत,होटल व्यवसायी महासंघका केन्द्रिय सदस्य भिम बहादुर कडेल,होटल व्यवसायी संघ बाँकेका पुर्व अध्यक्ष भाष्कर काफ्ले,नाटा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल,स्थानिय व्यवसायी तथा राप्रपाका केन्द्रिय सदस्य नन्दलाल वैश्य,व्यवसायी प्रदिपकुमार छाजेड लगायत उद्यागी व्यवसायीले आफ्ना सुझाव राखेका थिए ।
उद्योगी व्यवसायीले राखेका सुझावलाई महामन्त्री थापाले सम्वाद कार्यक्रमको अन्तपछि प्रधानमन्त्री लगायत सबै राजनितिक दलका नेतृत्वहरुसँग भेटेर समाधानका लागि पहल गर्ने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here