spot_img
Saturday, July 27, 2024
Homeब्यानरथारु मुद्धालाई प्राथमिकतामा राखिने :नेपाली कांग्रेस कोहलपुरका उम्मेदवार

थारु मुद्धालाई प्राथमिकतामा राखिने :नेपाली कांग्रेस कोहलपुरका उम्मेदवार

spot_img

बाँके नेपाली कांग्रेस कोहलपुर नगरपालिकाका उम्मेदवारले थारु समुदायका मुद्धा प्राथमिकतामा रहेको बताएका छन् ।शनिबार कोहलपुरमा थारु समुदायविच भएको छलफलमा नेपाली काँग्रेसका तर्फबाट कोहलपुर नगरपालिकाको प्रमुख पदका उम्मेदवार पूर्ण प्रसाद आचार्य, नगर उप–प्रमुख पदकी उमेदवार संगीता सुवेदी लगायतले यो थारु बाहुल क्षेत्र भएकाले थारु समुदायका मुद्धालाई प्राथमीकता दिने बताएका हुन ।
लामो समयदेखि विवादका विच बन्न नसकेको थारु संग्रालय आफूहरु निर्वाचित भए लगत्तै निर्माण गर्ने प्रमुख पदका उम्मेदवार आचार्यले बताए। थारु समुदायको कला, संस्कृति संरक्षणका लागि संग्रालय आवश्यक रहेको उनको भनाई रहेको छ ।
थारु समुदायको हक र हितमा काम गर्नका लागि आफूहरु सधै तत्पर रहने उपप्रमुख पदका उम्मेदवार सुवेदीले बताईन । तर यसका लागि नेपाली कांग्रेस कोहलपुरलाई जिताउन आवश्यक रहेको उनले बताईन ।

कार्यक्रममा कोहलपुर नगरपालिकाका उपप्रमुख सन्जु चौधरी, नेपाली कांग्रेसका नेताहरु फुलाराम थारु, जागेश्वर थारु लगायतले पनि अबको विकल्प कंग्रेस नै भएको बताउनुभयो ।
यसैविच, आज शनिवार कांग्रेसका उम्मेदवारहरुले कोहलपुर १५ मा घरदैलो गरिरहेका छन् । घरदैलोका क्रममा मतदाताहरुले युवाअवस्थामा जोस जाँगर र न नयाँ सोच हुने भएकाले यसपटकको निर्वाचनमा नेपाली कांग्रेसका कोहलपुर नगरपालिकाका प्रमुख पदका उम्मेदवार पूर्ण प्रसाद आचार्यलाई मतदान गर्ने बताए ।

निर्वाचन आउन ६ दिन बाँकी रहदा उम्मेदवारले घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् । गर्मी पनि नभनि छाता ओडेर मतदाताहरु पनि घरदैलोमा सहभागि भएका छन् । मतदाताहरुको उत्साहले काम गर्नका लागि प्रेरीत गरेको प्रमुख पदका उम्मेदवार आचार्यले बताउनुभयो ।

पछिल्लो समयमा नेपाली काँग्रेस कोहलपुरका अगुवा तथा प्रभावशाली नेताहरु भानुभक्त भट्टराई, बलराम शर्मा, नारायण सुग्देल, राजेन्द्र श्रेष्ठ, फुलाराम थारु, जागेश्वर थारु लगाएतका नेताहरु पनि घरदैलो तथा मतदाता घेटघाटमा सक्रिय रुपमा लागेपछि नगरमा नेपाली काँग्रेसको पक्षमा जनलहर थप बढेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here