spot_img
Friday, January 17, 2025
Homeब्यानरथप १६ जनालाई साङ्केतिक भाषाको तालिम दिदै राष्ट्रिय बहिरा महासंघ

थप १६ जनालाई साङ्केतिक भाषाको तालिम दिदै राष्ट्रिय बहिरा महासंघ

spot_img

अहिले सम्म पाँच हजारको हाराहारीलाई साङ्केतिक भाषाको तालिम दिई सकेको राष्ट्रिय बहिरा महासंघ नेपालले थप १६ जनालाई साङ्केतिक भाषा तालिम दिन सुरु गरेको छ । १५ जिल्लाहरुका स्थानिय तहबाट ३ महिने नेपाली सांङकेतिक भाषा तालीमको बाँकेको नेपालगंजमा संचालन भएसँगै यस्तो सम्भवना हुन आएको हो ।“सांकेतिक भाषामा संचार,बहिरा नागरिकको अधिकार” भन्ने मुल नाराका साथ संचालन भएको बहिरा नागरिकहरुको लागि संचार सहजिकरण भैरहेको तालिम शुक्रबार देखि नेपालगंजमा आयोजना गरीएको छ । कोरियन बहिरा नागरीकर विकास संस्थाको आर्थिक सहयोग तथा नगरपालिका संघ नेपालको समन्वयनमा तालिम संचालन गरीएको हो । १५ जिल्लाबाट १६ जनाको सहभागिता रहेको राष्ट्रिय बहिरा महासंघका महासचिव सन्तोष केसीले बताए । तालिममा सर्लाही,धनुसा,काठमाडौ,स्याङजा,पनौती,डोटी,बारा,बाँके,सप्तरी,नुवाकोट ,कैलाली ,दोलखा,बर्दिया,बाजुराबाट १६ जनाको प्रतिनिधित्व रहेको छ । शुक्रबार तालिमको उद्घाटन गर्दैै नेपालगंज उपमहानगरपालिका उपमेयर तथा कार्यक्रमका प्रमुख अतिथि उमा थापा मगरले स्थानिय तहमा हरेक क्षेत्रको लागि भनेर निति बनाउँदै गएको हुदाँ सबै मुद्धाहरुलाई सम्बोधन हुने बताईन । उपमेयर थापाले,“सबै सार्वजानिक क्षैत्रहरु अपाङगमैत्री हुनु पर्दछ ,अझै पनि कतिपय भवनहरु अपाङगमैत्री बन्न नसक्दा निकै अप्ठाराहरु भोग्नु परेको छ तर निति निर्माण हुदाँ सबै मुद्धाहरु सम्बोधन हुनेछ ।”कार्यक्रममा स्वागत मन्तव्य बाँके बहिरा संघका अध्यक्ष प्रदिप बुढाक्षेत्रीले राखेका थिए भने कार्यक्रममा सांकेतिक भाषामा रुपान्तरण सपना अधिकारीले गरेकी थिइन । कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघका भाबुक जंग थापा, बहिरा संघ बाँकेका प्रदीप बुढा, नेपालगञ्ज-२ का वडाध्यक्ष सुनिल सिंह हमाल, दोभाषे दिपा कुमारी थापालगायतले मन्तब्य राखेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.