spot_img
Saturday, July 27, 2024
Homeब्यानरतालिमरत अधिकृतहरूबाट प्रहरी प्रधान कार्यालयको अवलोकन

तालिमरत अधिकृतहरूबाट प्रहरी प्रधान कार्यालयको अवलोकन

spot_img

काठमाडौं नेपाली सैनिक वार कलेज नगरकोटमा तालिमरत All Arms Command and Staff course (AACSC) सि.सं.३ का ५० जना अधिकृतहरूबाट प्रहरी प्रधान कार्यालयको बुधबार अवलोकन भ्रमण सम्पन्न भएको छ ।
भ्रमणका क्रममा उहाँहरूले प्रहरी प्रधान कार्यालयस्थित कमाण्ड सेन्टर, केन्द्रीय पोलिग्राफ शाखा, डाटा सेन्टर, केन्द्रीय फरेन्सिक ल्याब, केन्द्रीय हेल्थ डेक्स र सङ्ग्राहलय समेतको अवलोकन गर्नुभयो ।अवलोकन पश्चात आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले भ्रमणको क्रममा तालिमरत अधिकृतहरूले नेपाल प्रहरी संगठनको इतिहास एवम् कार्य प्रकृति सम्बन्धी यथेष्ट जानकारी हासिल गरेको विश्वास व्यक्त गर्नुभयो ।
नेपाल प्रहरी सम्बन्धी विविध विषयमा तालिमरत अधिकृतहरूले राखेका जिज्ञासाहरुको निरुपण गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले शान्ति सुरक्षा एवं विपद् व्यवस्थापनमा सवै सुरक्षा निकायबीच आपसी सहयोग र समन्वय भइरहेको बताउनुभयो । आउँदा दिनहरुमा समेत सकारात्मक कार्यहरु सम्पन्न गर्न आपसी सहयोग र समन्वय आदान प्रदान हुने उहाँले उल्लेख गर्नुभयो । प्रहरी उपरीक्षक सविन प्रधानले नेपाल प्रहरीको काम, कर्तव्य र वर्तमान अवस्थाबारे प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा सेनानी राहुल अधिकारीले भ्रमणमा सहभागी तालिमरत अधिकृतहरुको तर्फबाट मन्तव्य व्यक्त गर्नुभएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here