spot_img
Saturday, July 27, 2024
Homeब्यानरडुडुवा गाउँपालिकामा जेष्ठ नागरिकलाई घरैमै उपचार

डुडुवा गाउँपालिकामा जेष्ठ नागरिकलाई घरैमै उपचार

spot_img

बाँके जिल्ला डुडुवा गाउँपालिकाले जेष्ठ नागरिकलाई घरमै उपचार सेवा शुरु गरेको छ ।गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले शुक्रबार होलिया खडैचाबाट सो सेवाको शुभारम्भ गरका छन । जेष्ठ नागरिकसँग गाउँपालिका अध्यक्ष कार्यक्रम नाम संगै उक्त सेवा शुरु गरिएको हो ।प्रमुख चौधरीले जेष्ठ नागरिकलाई घरमै पुगेर उपचार सेवा दिने बताएका छन । अध्यक्ष चौधरीका अनुसार,जेष्ठ नागरिक विरामी छन भने स्वास्थ्यकर्मी घरमै पुग्छन ।घरमै उपचार गर्छन । त्यहाँ सम्भव नभए गाउँपालिकाको स्वाथ्य केन्द्रमा ल्याएर उपचार गर्छन ।दुई/तीन दिन राख्दा पनि सन्चो नभए नेपालगंजको भेरी अस्पतालमा ल्याएर उपचार गरिन्छ ।उपचारमा लाग्ने सबै खर्च गाउँपालिकाले व्यहोर्छ ।

गाउँपालिकाले सुरु गरेको जेष्ठ नागरीकसंग गाउँपालिका अध्यक्ष कार्यक्रम निकै राम्रो भएको स्थानिय जेष्ठ नागरिक जगराना खटिक बताउँछिन । खटिकलाई आफ्नो उमेरसंगै हिड्न सारै गाह्रो हुने हुदाँ यसरी गाउँपालिकाले घरमै आएर उपचार गर्नु भनेको निकै राम्रो काम भएको बताईन ।गाउँपालिका स्वाथ्य प्रमुख धनबहादुर बुढाका अनुसार,पालिकामा ७० वर्ष उमेर पुरा गरेका एक हजार दुई सय ७२ जना रहेका छन् ।६० वर्ष उमेरका लाई समेट्दा दुई हजार एक सय ३५ जना रहेका छन् ।दलितको हकमा ६० र अन्यको हकमा ७० वर्ष कायम गरेर सेवा दिने रणनिति बनाईको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here