spot_img
Saturday, July 27, 2024
Homeब्यानरडुडुवामा सफलले ग¥यो प्रशारण सुरु

डुडुवामा सफलले ग¥यो प्रशारण सुरु

spot_img

बाँकेको डुडुवा गाउँपालिकामा रेडियो सफल ९२ दशमलव ८ मेगाहर्जले औचारिक रुपमा प्रशारण शुरु गरेको छ ।शनिबार एक कार्यक्रमका विच रेडियोका उद्घाटन गरिएको हो । गाउँपालिका उपाध्यक्ष सायदा बानोद्धारा उद्घाटन गरीएको रेडियो गाउँपालिकामा पहिलोपटक संचालनमा आएको हो ।संचार प्रतिष्ठान नेपालद्धारा संचलित रेडियो सफलले बाँकेका डुडुवा,नरैनापुर,राप्तीसोनारी र नेपालगंज क्षेत्रलाई लक्षित गरि गरिएको प्रतिष्ठानका अध्यक्ष पोषण केसीले बताए । अध्यक्ष केसीले रेडियामार्फत ग्रामिण बस्तीका समस्या,चुनौती,युवाहरु लगायतको सवाल, तथा बिभिन्न व्यक्तिहरुमा लुकेर रहेको क्षमता प्रस्फुटन गर्ने साथै स्थानीय सरकारलाई खबरदारी र जवाफदेहि गर्दे जनतालाई सहि सुचना प्रदान गरिने बताए ।कार्यक्रममा कार्यपालिका सदस्य लिलावती यादव,राप्ती सोनारी गाउँपालिका वडा नं.५ अध्यक्ष खुम बहादुर बस्नेत,डुुडुवा गाउँपालिका पे्रस सल्लाहकार राकेश कुमार मिश्र,अवधी पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष सुर्यलाल यादव लगायतले स्वागत मन्तव्य दिएका थिए ।उद्घाटन समारोहमा कार्यपालिका सदस्य यादव, वडा नं १ का वडा सदस्य सुष्मा यादव, वडा नं ३ का वडा सदस्य आमोद तिवारी, वडा नं ४ की वडा सदस्य सकिना नाउँ, स्थानीय वन महासंघ डुडुवाका अध्यक्ष बेल बहादुर बोहरा, किसान संघका क्षेत्र नं १ का क्षेत्रिय सभापति जुगलाल थारु, प्रतिष्ठका सदस्य शोभा केसी, नेपाली कांग्रेस राप्तीसोनारी ८ का सभापति नरेन्द्र वली, पदमपुर महिला बहुद्देश्य सहकारी संस्थाका अध्यक्ष हेमा थापा, डुडुवाका सव इन्जिनियर मदनेश्वर झाँ लगायतको उपस्थिति रहेको थियो ।
रेडियो सफल करिब एक दशक अघि बाँकेमा रेडियो हिमालका नामबाट संचालनमा रहेको थियो । सोही रेडियोको नाम परिवर्तन गरेर रेडियो सफलको नामबाट शनिबारदेखि डुडुवाम प्रशारण शुरु गरेको हो । रेडियोले खासगरी अवधी र थारु भाषालाई उच्च प्राथमिकता कार्यक्रम तथा समाचार दिने जनाइएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here