spot_img
Saturday, July 27, 2024
Homeब्यानरडाँका उद्योगमा संलग्न ४ जना पक्राउ

डाँका उद्योगमा संलग्न ४ जना पक्राउ

spot_img

झापा ,डाँका उद्योगमा संलग्न रहेको अभियोगमा ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका–१४ बस्नेहरु २७ वर्षीय कृष्ण बिर्जा, १९ वर्षीय शैलेश राजबंशी, २० वर्षीय बिष्णु भण्डारी र १९ वर्षीय कमल बिक रहेका छन् ।
भद्रपुर नगरपालिका९ प्रणामी टोल बस्ने कृष्ण मन्दिरको सञ्चालक समितिका सदस्य अशोक तिम्सिना भदौ १४ गते कृष्ण जनमाष्टमी पर्वको दिन कृष्ण मन्दिरमा पूजापाठ गर्न गएको अवस्थामा उनको घरमा राति दुई जना पुरुषले झ्याल फोडेर प्रवेश गरी डाँका गर्न लाग्दा उनकी श्रीमतीले थाहा पाई प्रहरीलाई फोन गरे जस्तो गरेपछि प्रहरीको वर्दी लगाएका अन्य दुई जनासमेत खुकुरी सहित आई केही छिनमा फरार भएका थिए । तत्काल अशोक र स्थानीयले उनीहरुलाई फेला पारी सोधपुछ गर्दा उनीहरु प्रहरी नभएको थाहा पाएपश्चात प्रहरी कार्यालयमा फोन गरी प्रहरी बोलाउना साथ उनीहरु फरार भएका थिए ।
घटनामा संलग्न फरार उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट नेपाल प्रहरीको टाटे पाङग्रे कम्ब्याट ड्रेस १ जोर, सादा चुस्ता ड्रेस १ जोर, कालो रङको छालाको बुट १ जोर र खुकुरी समेत प्रहरीले बरामद गरेको छ ।
उनीहरु उपर डाका उद्योग मुद्दामा जिल्ला अदालत झापाबाट ७ दिन म्याद थप गरी थप अनुनसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here