spot_img
Tuesday, December 5, 2023
Homeखेलकुदटोकियो ओलम्पिकः जुडोकी सोनिया भट्ट पहिलो खेलमै पराजित

टोकियो ओलम्पिकः जुडोकी सोनिया भट्ट पहिलो खेलमै पराजित

spot_img

नेपाली जुडो खेलाडी सोनिया भट्ट टोकियो ओलम्पिक(२०२० मा पहिलो खेलमै पराजित भएकी छिन् ।
ओलम्पिकको दोस्रो दिन अर्थात शनिबार बिहान भएको भएको राउण्ड अफ ३२ अन्तर्गत महिलाको ४८ केजी तौल समूहमा सोनिया रुसी खेलाडी इरिना डोल्गोभासँग पराजित भएकी हुन् ।विश्व वरीयताको नवौं स्थानमा रहेकी इरिनासँग सोनिया इप्पोनको आधारमा पराजित भइन् । सोनिया १ मिनेट १६ सेकेण्ड मात्रै खेलमा टिकिन् ।यदी इरिनाले फाइनलमा स्थान बनाएको खण्डमा सोनियाले रिपेचमार्फत फेरि प्रतिस्पर्धा गर्न पाउने छिन् ।
१९ वर्षीय सोनिया वाइल्डकार्ड मार्फत ओलम्पिकमा छनोट भएकी हुन् ।
सोनिया २०७६ मा नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद सागमा महिला ४८ केजीमुनि कास्य जितेकी थिइन् । उनी विश्व जुडो च्याम्पियनसिपमा एक बाउट जित्ने पहिलो नेपाली खेलाडी हुन् ।

उता डोपिङ कारण रुस प्रतिबन्धमा रहेकोले इरिनाले रुस ओलम्पिक कमिटिको झण्डामुनि रहेर प्रतिस्पर्धा गरिरहेकी छिन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here