spot_img
Saturday, July 27, 2024
Homeब्यानरजेष्ठ नागरिक र दिर्घरोगीको निशुल्क स्वास्थ्य परिक्षण गर्दै खजुरा गाउँपालिका

जेष्ठ नागरिक र दिर्घरोगीको निशुल्क स्वास्थ्य परिक्षण गर्दै खजुरा गाउँपालिका

spot_img

खजुरा गाउँपालिकाको सोमबार बसेको पहिलो बैठकले विविध निर्णय गर्ने क्रममा सामाजिक सुरक्षा भत्ता वितरणलाई सहज बनाउने निर्णण गरेको छ । गाउँपालिकामा रहेका ८ वडाबाट सहज रुपमा सामाजिक सुरक्षा भत्ता वितरणका लागि तयारी सुरु गर्ने निर्णय भएको छ ।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफानको अध्यक्षमा बसेको बैठकले बृद्ध, जेष्ठ नागरिक र दिर्घ रोगीहरुको स्वास्थ्य चाँज हरेक दुइ हप्ताको अन्तरमा गर्ने निर्णय गरेको छ । वडा स्तरमा रहेका स्वास्थ्य चौकी मार्फत निशुल्क रुपमा नियमित स्वास्थ्य परिक्षण गरिने पालिकाकाले जनाएको छ ।
यसैगरी पहिलो बैठकले खजुरा गाउँपालिकाको प्रवक्ताको रुपमा २ नम्बर वडा अध्यक्ष धनराम ओलीलाई नियुक्त गरेको छ ।
नवनियुक्त प्रवक्ता ओलीका अनुसार पालिकाको बैठकले अभिभावक विहिन बालबालिकालाई संरक्षण गर्ने, पालिकामा भित्र फोहोर मैला व्यवस्थापनका लागि जमिन व्यवस्थापन समिति समेत बनाएको छ । जसको संयोजकमा २ नम्ब वडा अध्यक्ष ओली र सदस्यहरुमा गरिबे शेख, फारुक शेख, रामगोपाल बर्मा र फिरोज खान रहेका छन । समितिको सदस्य सचिवको रुपमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केसी रहेका छन् ।
यसैगरी सोमबार १ नम्बर वडाका नवनिर्वाचित अध्यक्ष मनविर क्षेत्रीले पदभार ग्रहण गरेका छन भने निर्वतमान अध्यक्ष र वडा सदस्यहरुलाई विदाई गरिएको छ । सोमबार राधापुर स्थित वडा कार्यालयमा भएको कार्यक्रममा वडा सचिव चिरञ्जीवी पाण्डे, राधापुर स्वास्थ्य चौकीका प्रमुख दिपक ढकाल, वडा कार्यालयका अन्य कर्मचारी र स्थानीय राजनितिक दलका प्रतिनिधिहरुले स्वागत गरेका थिए । नवनिर्वाचित अध्यक्ष क्षेत्रीले निर्वतमान अध्यक्ष सुमन मल्ल र वडा सदस्यलाई आफनो कार्यकालमा गरेको कामको प्रंशसा गर्दै दोसल्ला र प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका थिए । नवनिर्वाचित वडा अध्यक्ष क्षेत्रीले पदभार ग्रहण गरेको दिन गाउँपालिकाबाट वितरण हुने सामाजिक सुरक्षा भत्तालाई समुदाय स्तरमा गएर वितरण गर्न पहल गर्ने निर्णय गरेका छन ।
यसैगरी खजुराको २ नम्बर वडाका अध्यक्ष धनराम ओलीले पनि पदभार ग्रहण गरेका छन । एक कार्यक्रममा बिच निर्वतमान वडा अध्यक्ष देवीलाल खनाल, पुर्व गाविस अध्यक्ष मान बहादुर ओली, एमाले नेता समर बहादुर खत्री, राप्रपाका मनोज विक, माओवादी केन्द्रका टोप बहादुर ओली, नेपाली कांग्रेसका राजकिशोर महतारा, वडा सचिव तारा अधिकारी लगायतले अध्यक्ष ओलीलाई स्वागत गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here