spot_img
Tuesday, May 20, 2025
Homeबजारजनकपुरधाममा सुदीप न्यौपानेको हत्या विरुद्ध विशाल विरोध प्रदर्शन, पाकिस्तानी सेना प्रमुखको पुतला...

जनकपुरधाममा सुदीप न्यौपानेको हत्या विरुद्ध विशाल विरोध प्रदर्शन, पाकिस्तानी सेना प्रमुखको पुतला दहन

spot_img

जनकपुरधाम, २०७५ बैशाख १७ – नेपाल भारत खुला सिमा संवाद समूहको आयोजनामा आज जनकचोकमा विगत केही दिन अघि पहलगाम, भारतमा एक नेपाली नागरिक सुदीप न्यौपानेसहित २७ जनाको आतंककारी हमलामा ज्यान गएपछि त्यसको विरोधमा हजारौंको संख्यामा नागरिक सहभागी भई आक्रोशपूर्ण विरोध कार्यक्रम सम्पन्न गरिएको छ।
विरोध कार्यक्रमको क्रममा पाकिस्तानी सेना प्रमुख आसिफ मुनिरले आतंकवादीहरूप्रति सहानुभूति जनाउँदै दिएको अभिव्यक्तिको विरोधमा उनको पुतला दहन गरिएको थियो। ‘आतंकवाद मुर्दाबाद’, ‘सुदीपलाई न्याय दे’, ‘पाकिस्तान होसियार’ जस्ता नारासहित उपस्थित जनता जनकचोकदेखि जानकी मन्दिर परिक्रमा गर्दै शान्तिपूर्ण तर आक्रोशपूर्ण रुपमा सडकमा उत्रिएका थिए।
कार्यक्रमको अध्यक्षता नेपाल भारत खुला सिमा संवाद समूहका प्रदेश सह–अध्यक्ष दीपक यादवले गरेका थिए भने प्रमुख अतिथि संस्थाका अध्यक्ष राजीव झा रहेका थिए। कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता अनिल महासेठ संजय चौधरी संजय सिह राम जीवन साह अभियानी चुरे संघर्ष समितिका प्रतिनिधिहरू, स्थानीय अगुवा तथा जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो। प्रमुख सहभागीहरूमा पुर्ब जिसस उप प्रमुख दिपक झा,जनकपुरधाम उपमहानगरपालिका वार्ड नम्बर (घ वार्ड अध्यक्ष दिपेन्द्र साह नेता चन्देश्वर साह,सुनिल यादव, कृष्ण कुमार साह लगायत थिए।
कार्यक्रममा हिन्दु तथा मुस्लिम समुदायका युवाहरू स्वस्फूर्त रूपमा सहभागी भई एकताको सन्देश दिँदै पाकिस्तान र आतंकवादका विरुद्ध एकजुट भएर आवाज उठाएका थिए। कार्यक्रम संयोजकद्वारा यस घटनालाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न पहल गरिने प्रतिबद्धता पनि जनाइएको थियो।
नेपाल भारत खुला सिमा संवाद समूहले आगामी दिनहरूमा पनि सीमा सुरक्षाको विषयमा जनस्तरबाट आवाज उठाउँदै पीडितको न्यायका लागि निरन्तर संघर्ष गरिरहने बताएको छ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here