spot_img
Tuesday, May 20, 2025
Homeबजारचैत्र ३ बाट औद्योगिक महोत्सव

चैत्र ३ बाट औद्योगिक महोत्सव

spot_img

मेहनत सृजना उत्पादन र वस्तुःमेरै नेपालको भन्ने मुल नाराका साथ सातौ प्रादेशिक औद्योगिक महोत्सव नेपालगंजको बाँकेमा संचालन हुने भएको छ । सातौ प्रादेशिक औधोगिक लघु,घरेलु,कृषि तथा प्रविधि प्रर्दशनी ,व्यापार एवं पर्यटन महोत्सव २०८०को नामले संचालनमा आउन लागेको महोत्सवको बारेमा आज मंगलबार आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
चैत्र ८ गते देखि १३ गते सम्म १३ दिन नेपालगंजको वाटरपार्क परिसरको खुल्ला मैदान सञ्चालन हुन गइरहेको महोत्सवमा २५० देखि ३०० वटा नविनतम प्रविधिजन्य उत्पादनहरु ,महिला तथा स्थानीय स्तरमा उत्पादित वस्तुहरु मेलाका प्रमुख आकर्षण रहने आयोजकले जानकारी गराएको छ । स्थानीय स्रोतको सदुपयोग गरि उत्पादन गरिएका लघु,घरेलु तथा साना उद्योगहरुको उत्पादित वस्तुहरुको दिगो बजार पहुच स्थापित गर्ने उदेश्यले संचालन गर्न लागिएको महोत्सवमा देश भित्रका सबै प्रकारका उत्पादन मुलक उद्योगका अलावा कृर्षि,वनपैदवार,हस्तकला, उर्जा,वायोग्यास ,लगायत पर्यटन ,औद्योगिक तथा व्यापारिक प्रतिष्ठान क्षेत्रका स्टलहरु समेत रहने महोत्सव आयोजकले जानकारी दिएको छ ।नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा बाँके र महिला उद्यमी समितिको सयुक्त आयोजनमा हुन लागेको महोत्सवबाट करिब २ करोड वरावरको आर्थिक कारोवार गर्ने अनुमान रहेको छ । घरेलु महांसघ अध्यक्ष एवं महोत्सव मुल आयोजक समिति संयोजक मधु खड्काले नेपाल घरेलु तथा साना उद्योग महासंघले उद्योग प्रवद्र्धन र विकासका कार्यक्रम तथा गतिविधिहरुलाई विकेन्द्रीकरण गर्दै नयाँ नेपालको संघिय संरचना अनुसार ७ वटै प्रदेशमा प्रदेश कार्यालय,७७ ओटा जिल्लामा जिल्ला कार्यालय स्थापना गरी औद्योगिक गतिविधि तथा कार्यक्रमहरु संचालन गर्दै आइरहेको प्रसङग बताउँदै भनिन,“विदेशमा गएर गरिने सबै प्रकारका कामहरु स्वदेशमै गर्न सकिने र कामबाट राम्रो आम्दानी हुने सोचको विकास गराई बैदेशिक रोजगारीको मारबाट आम नागरीक र देशले भोगीरहेको पिडालाई यर्थार्थबाध गराई युवाहरुलाई स्वदेशमै आम्दानीका प्रशस्त सम्भावना देखाउनु पनि संस्थाको काम रहेको छ ।”सदाझै नेपालगंजमा रहेको सुर्खेत रोडमा रहेको सडक विभागको परिसरमा मेला महोत्सव गर्ने गरीनेमा यसपटक भने नेपालगंज शहर नजिकै रहेको वाटरपार्कको परिसरमा महोत्सव संचालन गरीने घरेलु महासंघका महासचिव जिआर भुसालले जानकारी दिए ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here