spot_img
Saturday, July 27, 2024
Homeब्यानरघोडावासमा अस्थायी प्रहरी पोष्ट

घोडावासमा अस्थायी प्रहरी पोष्ट

spot_img


दैलेखमा थप एक अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ ।जिल्लाका सबै स्थानिय तहहरुमा प्रहरीको प्रभावकारी उपस्थिती बनाएर शान्ति सुरक्षा प्रत्याभुति गराउने उदेश्य तथा स्थानिय तहबाट चौकी स्थापनाको मागलाई सम्बोधन गर्ने प्रक्रियामा गुराँस गाउँपालिका वडा नं.४ घोडाबासमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको दैलेख प्रहरीले जनाएको छ ।

उक्त स्थानमा अस्थाई प्रहरी पोष्ट आवश्यकता महसुस गरेर प्रहरी प्रधान कार्यालय कार्य बिभाग हुदैँ कर्णली प्रदेश प्रहरी कार्यालय सुर्खेतको आदेश अनुसार अस्थायी प्रहरी पोष्ट घोडावास स्थापना गरिएको प्रहरी प्रवक्ता इन्द्रजित सुनारले बताए ।

आइताबार एक कार्यक्रम बीच प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल र जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक भुवनेश्वर प्रसाद साहले अस्थायी प्रहरी पोष्ट घोडावासको संयुक्त रुपमा समुद्घाटन गरेका छन ।

उक्त कार्यक्रमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा दैलेख अध्यक्ष यज्ञराज थापा सम्बन्धित वडाका वडा अध्यक्ष खड्क बहादुर शाही, स्थानियवासी लगायतको उपस्थिति रहेको थियो ।

उक्त प्रहरी पोष्टले प्रहरी चौकी रानिमत्ता र प्रहरी चौकी माथिल्लो डुङ्गेश्वरको बीचको वडा एरीयाको शान्ति सुरक्षालाई प्रभावकारी बनाउने, अपराध न्युनिकरण गर्ने र राजमार्ग सुरक्षालाई प्रभावकारी बनाउने जनाईएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here