spot_img
Saturday, July 27, 2024
Homeब्यानरगाउँपालिकाले धार्मिक स्थललाई महत्व दिदै गणेश मन्दिर उद्घाटन

गाउँपालिकाले धार्मिक स्थललाई महत्व दिदै गणेश मन्दिर उद्घाटन

spot_img

पछिल्लो समय राप्ती सोनारी गाउँपालिकाले स्थानिय तहमा धार्मिक स्थलहरुको निर्माण तथा व्यवस्थापनलाई विषेश महत्व दिएको छ । गाँउपालिका वडा नम्बर ८ सम्शेरगंजमा निर्माण गरिएको गणेश मन्दिरको उद्घाटनमा गाउँपालिका अध्यक्ष लाहुराम थारुले उक्त कुरा बताएका हुन ।

प्रमुख अतिथिको रुपमा मन्दिरको उद्घाटनमा पुगेका अध्यक्ष थारुले धार्मिक स्थल भनेका विश्वास र भारोसाका केन्द्र भएका हुदाँ सबै धर्मको संरक्षण तथा सम्वद्र्धनका लागि पालिका सधैव तयार रहने बताए ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा स्थानिय समाजसेवी झुपलाल विष्टको सभापतित्वमा आयोजित मन्दिर उद्घाटन कार्यक्रममा राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष धनी कुमारी खत्री,राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष खुमबहादुर बस्नेत,वडा नम्बर १ का वडा अध्यक्ष चन्द्र बहादुर ओली,गुरुजी सन्त महाराज श्री माधवराज ,माता रेणु सखी,नेपाल शिक्षक महासंघ राप्ती सोनारीका अध्यक्ष मोहन खनाल,पुर्व प्रधान रतिराम थारु,वन तथा वातावरण समन्वय समितीका अध्यक्ष तुलारमा खत्री ,समाजसेवी बहादुर केसी,नेपाल पे्रस युनियन बाँके अध्यक्ष अर्जुन ओली,पत्रकार मधु पौडेल,डिल्ली रमण वली, लगायतको उपस्थिति रहेको थियो ।

गाउँपालिकाको १३ लाख लागतमा शिव मन्दिर निर्माण गरिएको हो भने वडा कार्यालयको १३ लाख लगानीमा ज्येष्ठ नागरिक मिनल भवन निर्माण भएको जनाइएको छ । उद्घाटन कार्यक्रममा मन्दिर निमार्णमा सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
मन्दिर व्यवस्थापन समितिका सदस्य सावित्री ओलीले स्वागत मन्तव्य राखेको उद्घाटन कार्यक्रमा विभिन्न क्षेत्रका व्यक्तिले मन्तव्य राखेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here