spot_img
Friday, February 14, 2025
Homeब्यानरखोप लगाउन भन्दै युवा सञ्जालको कार्यक्रम

खोप लगाउन भन्दै युवा सञ्जालको कार्यक्रम

spot_img

कोभिड–१९ विरुद्ध युवा अभियान तथा प्रतिवद्धता कार्यक्रम बाँकेको नेपालगंजमा विहिबार सम्पन्न गरीएको छ । नेपालगंज स्थित महेन्द्र पुस्तकालयमा भएको कार्यक्रममा विभिन्न क्लव तथा सञ्जालहरुका सदस्य तथा पदाधिकारीहरुको उपस्थितिमा सम्पन्न भएको सो कार्यक्रममा स्थानिय तहमा कोभिड विरुद्धको खोप लगाउन नमानी रहेकाहरुलाई लक्षित रहेको सामाजिक विकास मञ्च संयोजक शिवानी भट्टराईले जनाकारी दिइन । सेभ द चिल्ड्रेन र नेपालगंज उपमहानगरपालिकाको समन्वय तथा सामाजिक विकास मंचको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रममा खोप नलगाएकाहरुले खोप लगाउनु पर्छ जसका लागि घर दैलो समेत गरीएको बालक्लव संजालका सल्लाकार प्रवेश पौडेलले बताए । यसैगरी कार्यक्रमको बारेमा प्रतिक्रिय दिदै युवा क्लव नेपालगंज वडा नं.१ का अध्यक्ष सहाबुदीन हलवाईले यस्ता कार्यक्रमहरु शहर केन्द्रित हुनु भन्दा ग्रामिण क्षेत्र तिर गर्दा अझै प्रभावकारी हुने बताए ।यसैगरी कार्यक्रमको उदेश्य बारे जानकारी दिदै जिल्ला युवा सञ्जाल बाँकेका प्रतिनिधि राजन बर्माले नेपालगंज उपमहानगरपालिकामा अधिकांशले खोप नलगाई रहेको अवस्थामा पालिकाका ८,११,१४ ,१५ र २१ मा बढि मानिसहरुले खोप लगाउन नगएको पाइएको जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

error code: 520