spot_img
Wednesday, November 29, 2023
Homeब्यानरकाठमाडौं बलम्बुबाट लुटपाटमा संलग्न पक्राउ

काठमाडौं बलम्बुबाट लुटपाटमा संलग्न पक्राउ

spot_img

पठाओ राईडर काठमाडौं बस्ने २५ वर्षीय प्रबिन राईको प्रदेश ०२–०१–००१ प ११६६ नम्बरको मोटरसाइकल, सोही मोटरसाइकलको ब्लु बुक र १ थान मोबाइल समेतका धनमाल लुटपाट भएको घटनामा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं नयाँ बसपार्क बस्ने सिन्धुली साविक मियाखर–२ घर भएका २१ वर्षीय सुमन तामाङ र ललितपुर महानगरपालिका–२४ धापासी बस्ने खोटाङ हलेसी नगरपालिका–३ घर भएका २६ वर्षीय मिनराज राई रहेका छन् ।
कोटेश्वरबाट धापाखेल लगिदिन भनि सुमनले शनिबार राति प्रबिनलाई अनुरोध गरेपछि प्रबिनले आफ्नो मोटरसाइकलमा राखी कोटेश्वरबाट धापाखेलस्थित आँखिदहमा पुर्‍याउँदा सोही स्थानमा पर्खि रहेका मिनराज समेतले प्रबिनलाई कुटपिट गरी हात खुट्टा समेत बाधी पीडितको उक्त मोटरसाइकल लगायतका धनमाल लुटपाट गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट र महानगरीय प्रहरी परिसरबाट खटिएको संयुक्त प्रहरीले लुटपाटमा संलग्न उनीहरुलाई काठमाडौं बलम्बुस्थित चन्द्रागिरी रिकन्डिसन सोरुम नजिकैबाट लुटपाट भएका सामान सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here