spot_img
Sunday, December 8, 2024
Homeब्यानरकांग्रेस पार्टी कार्यालयमा तालावन्दी, जिल्ला कार्यसमितिद्धारा विज्ञप्ती मार्फत ध्यानाकर्षण

कांग्रेस पार्टी कार्यालयमा तालावन्दी, जिल्ला कार्यसमितिद्धारा विज्ञप्ती मार्फत ध्यानाकर्षण

spot_img

नेपाली कांग्रेस बाँकेको पार्टी कार्यालयमा तालावन्दी गरिएको छ । असन्तुष्ट नेता कार्यकर्ताहरुले बुधबार दिउँसो पार्टी कार्यालयमा तालावन्दी गरेका हुन् । संविधानसभा सदस्य बादशाह कुर्मीको नेतृत्वमा असन्तुष्ट नेता कार्यकर्ताहरुले तालावन्दी गरेका हुन् ।
असन्तुष्ट पक्षले पार्टी सभापति नारायण प्रसाद गौडेलले बहुमतको निर्णयबिनै विधान विपरीत कोषाध्यक्ष, जिल्ला सदस्य, कार्यसम्पादन समिति र जिल्ला संसदीय समिति गठन गरेको आरोप लगाएको छ । उमेर समूहलाई ख्याल नगरी बढी उमेरका व्यक्तिहरुलाई जिल्ला कार्यसमितिमा मनोनित गरिएको आरोप पनि लगाइएको छ ।
असन्तुष्ट पक्षले पार्टी कार्यालयमा ताला लगाएपछि नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाँकेले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सभापति गौडेलले आज साँझ एक प्रेस विज्ञप्ती जारी गर्दै तालावन्दीको निन्दा गरेका छन् । सभापति गौडेलले कांग्रेसकै नेता कार्यकताहरुद्वारा गरिएको तालाबन्दी अपरिपक्व र पूर्वाग्रही भएको टिप्पणी गरेका छन् । गौडलले केन्द्रले टुंग्याउने भनी आपसमा सहमति गरिसकेको विषय अनावश्यकरुपमा उठान गर्नु गलत भएको बताएका छन् ।
विज्ञप्तीमा भनिएको छ,“जिल्ला कार्यसमितिले गरेका निर्णयलाई विधानसम्मत नभएको भन्दै केन्द्रमा उजुरी गरेर केन्द्रीय प्रतिनिधिको रोहबरमा केन्द्रले गर्ने निर्णयलाई नै अन्तिम मान्ने समझदारी पश्चात् पनि गरिएको यस्तो हर्कतको हामी निन्दा गर्दछौं । नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाँके केन्द्रीय कार्यसमितिले गर्ने निर्णयलाई मानेर अघि बढ्न प्रतिबद्ध छ ।”
विज्ञप्तमिा अगाडि भनिएको छ, “तालावन्दी गरेका नेता कार्यकर्ताहरुले जिल्ला कार्यसमितिले गरेका निर्णयहरुप्रति असहमति जनाउँदै केन्द्रीय कार्यसमितिमा निवेदन दिई ध्यानाकर्षण गराए पश्चात् केन्द्रीय कार्यसमितिले केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल ज्यूलाई केन्द्रीय प्रतिनिधि खटाएको थियो । केन्द्रीय सदस्य कँडेल र अर्का केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी ज्यूको उपस्थितिमा २०७९ बैशाख ७ गते नेपाली कांग्रेस बाँकेको पार्टी कार्यालयमा बसेको बैठकमा पनि उक्त विषय निष्कर्षमा नपुगेपछि केन्द्रीय सदस्य ज्यूकै चाहना अनुसार आवश्यक कागजात र निर्णय प्रतिलिपि अध्ययनसहित पुनः छलफलका लागि केन्द्रलाई प्रतिवेदन दिई समस्या समाधान गर्ने सर्वसम्मत निर्णय गरिएको जानकारी गराउँदछौं ।”
बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा अभूतपूर्व ऐतिहासिक सफलता हासिल भएपछि नेता कार्यकर्ता एवम् शुभेच्छुकहरु उत्साहित भएर प्रफुल्ल मुद्रामा विजयी भावका साथ अघि बढिरहेको परिस्थितिमा विना कारण अनाहकमा पार्टी कार्यालयमा तालाबन्दी गरिनुलाई गम्भीररुपमा लिएको उल्लेख गरेका छन् । स्थानीय निर्वाचन सकिए पश्चात् विभिन्न पालिकाहरुमा जारी कार्यपालिका सदस्य निर्वाचनमा पार्टी पंक्ती केन्द्रित भइरहेका बेला गरिएको तालाबन्दी कुनै पनि हालतमा उचित नभएको विज्ञप्तीमा जनाइएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.