spot_img
Saturday, July 27, 2024
Homeब्यानरकांग्रेसका १६ जिल्ला अधिवेशनको मिति हेरफेर हुने

कांग्रेसका १६ जिल्ला अधिवेशनको मिति हेरफेर हुने

spot_img

काठमाडौं – नेपाली कांग्रेसका १६ जिल्लाको अधिवेशन मिति केही पर सर्ने भएको छ। यसअघि फागुन १३ गतेका लागि तोकिएको जिल्ला अधिवेशनको मिति केही दिन पर सर्ने भएको हो।

यद्दपी कांग्रेस निर्वाचन समितिले निर्णय भने गरिसकेको छैन। फागुन १३ गते कांग्रेसका संस्थापक नेता महेन्द्रनारायण निधिको जन्मोत्सव रहेको र मधेश प्रदेशमा त्यो दिन विभिन्न कार्यक्रम हुने भएकाले अधिवेशनको मिति केही पर सर्ने कांग्रेस निर्वाचन समितिका सचिव केशव रिजालले बताए।

मधेश प्रदेशका सवै आठ जिल्लामा कांग्रेसको जिल्ला अधिवेशन बाँकी छ। कांग्रेस केन्द्रीय सदस्य तथा महेन्द्रनारायण निधिका छोरा विमलेन्द्र निधिले १३ गते मधेश प्रदेशका सवै जिल्लामा कार्यक्रम हुँदा जिल्ला अधिवेशन प्रभावित हुने भएकाले केही दिन पर सार्न कार्यसम्पादन समितिको बैठकमा अनुरोध गरेका थिए।

कार्यसम्पादन समितिले अनुरोध गरेकाले अधिवेशनको मिति केही दिन पर सर्ने रिजालले बताए। फागुन १४, १५ र १६ गते नेपाल बारको राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएकाले पनि अधिवेशन १३ गते नै गर्न असम्भव देखिएको उनले जानकारी दिए।

वकिलहरू राष्ट्रिय सम्मेलनमा सहभागी हुन आउने भएकाले अधिवेशन प्रभावित हुने देखिन्छु, रिजालले भने,विभिन्न जिल्लामा फरक-फरक मितिमा अधिवेशन हुने संभावना छ तर फागुन २० गते भित्रै सवै जिल्लाको अधिवेशन सम्पन्न हुन्छ।

यसअघि १५ माघ गते तय भएको निर्वाचन कोरोनाभाइरसको महामारीका कारण स्थगन भएको थियो।

कांग्रेसको केन्द्रीय महाधिवेशन सम्पन्न भइसके पनि आन्तरिक विवादका कारण १६ जिल्लामा निर्वाचन हुन सकेको थिएन। सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाममा कांग्रेस अधिवेशन हुन बाँकी छ।
थाहाखबरबाट

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here