बाँके नेपालगंज उपमहानगरपालिका नेपाली काँग्रेसबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १२ मा निर्वाचित वडाअध्यक्ष बुद्धिसागर सुवेदी जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् ।उनीसँगै निर्वाचित दिनेश राजपन्त सदस्य सहित नेपाली कांग्रेसका नगर सचिव हरि बाबु घिमिरे समेत पार्टि प्रवेश गरेका हुन ।जसपामा प्रवेश गरेका छन् ।काँग्रेसबाट टिकट नपाएपछि सुवेदी जसपामा प्रवेश गरेका हुन् ।उनले जसपाबाट १२ नम्वर वडा अध्यक्षमा चुनाव लड्ने छन् ।आज एक कार्यक्रमकाबीच पूर्वमन्त्री मोहम्मद इस्तियाक राइले सुवेदीसहित ६५ जना काँग्रेसको टीमलाई पार्टीमा भित्र्याएका हुन् ।
00